BIZMANDU
www.bizmandu.com

दीपक साहले ब्युँताए नगद अनुदान कार्यक्रम, निर्यातमूलक उद्योगलाई १०% सम्म प्रोत्साहन रकम

२०८३ मंसिर ११

दीपक साहले ब्युँताए नगद अनुदान कार्यक्रम, निर्यातमूलक उद्योगलाई १०% सम्म प्रोत्साहन रकम
दीपक साहले ब्युँताए नगद अनुदान कार्यक्रम, निर्यातमूलक उद्योगलाई १०% सम्म प्रोत्साहन रकम

काठमाडौं। सरकारले उत्पादन तथा उत्पादकत्व अभिवृद्धि र निर्यात प्रवर्धन गर्न भन्दै उद्योगीलाई १० प्रतिशतसम्म प्रोत्साहन रकम दिने भएको छ।

GBIME
Tata

चुनावी सरकारले स्रोत अभाव देखाएर ८ प्रतिशत नगद अनुदान वितरणको कार्यक्रम पोहोर असोजमा खारेज गरेकामा अहिले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले १० प्रतिशतसम्म वितरण गर्न लागेका हुन्।

यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि’ तयार पारेको छ।

कार्यविधि अनुसार प्रशोधित चिया, कफी, अलैंची, मह, आयुर्वेदिक औषधि, जुत्ता चप्पल, तयारी पोशाक, हस्तकलादेखि फर्निचर, पार्केटिङ, चाउचाउ, बिस्कुट, पास्ता, चिजबल्ससम्मलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममा समावेश गरिएको छ।

प्रोत्साहन रकम पाउनका लागि उत्पादित वस्तु भारतबाहेकका तेस्रो मुलुकमा निर्यात गर्नुपर्नेछ। साथै उत्पादन अघिल्लो वर्षको तुलनामा १० प्रतिशत बढाएको हुनुपर्ने कार्यविधिमा उल्लेख छ। प्रोत्साहन रकम उद्योग विभागले वितरण गर्नेछ। उद्योग वा निर्यातकर्ताले एक आर्थिक वर्षमा एक भन्दा बढी वस्तुका लागि प्रोत्साहन रकम पाउने छैनन्।

उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममा समावेश वस्तु

प्रशोधित चिया, कफी, अलैंची, अदुवा, बेसार, मसला, तरकारी, फलफूल, च्याउ र तिनका प्रशोधित सामग्री, मह, दूध तथा दुग्धजन्य पदार्थ, वाइन साइडर, पुष्प र तिनका प्रशोधित सामाग्री, नयाँ प्रविधिद्वारा विरुवा उत्पादन गर्ने उद्योग एग्रो फरेष्ट,
अन्य खाद्य प्रशोधनजन्य उत्पादन (चाउचाउ, बिस्कुट, पास्ता, चिजबल्स जस्ता वस्तु), स्प्रिङ वाटर, कपास र कपासको बिउ उत्पादन तथा प्रशोधन, प्राङ्गारिक मल, बेत, बाँस तथा अल्लो लगायत प्राकृतिक रेशाजन्य उत्पादन, गैर काष्ठजन्य वन पैदावारमा आधारित, फर्निचर, पार्केटिङ, सिजनिङ, प्लाइउड, कम्पोजिट बोर्ड लगायत काठबाट बनेका सामग्री, प्रशोधित जडीबुटी तथा सारयुक्त तेल, कागज, लोक्ताबाट बनेको हाते कागज तथा सोबाट उत्पादित सामान, हस्तकला र काष्ठकलाका वस्तु, ऊनी गलैँचा, पस्मिना, यार्न, टेक्स्टायल, ऊनीबाट बनेका सामान (फेल्ट सहित), प्रशोधित छाला (कष्ट) र छालाजन्य उत्पादन, जुत्ता चप्पल, तयारी पोशाक, प्रशोधित पत्थर तथा पत्थरजडित गरगहना र आयुर्वेदिक औषधि।