BIZMANDU
www.bizmandu.com

खगेन्द्रलाई कारबाही गर्नेबारे रास्वपा सभापति रविको चासो, सभामुख अर्यालसँग गरे आधा घण्टा कुरा

२०८३ कात्तिक १२

खगेन्द्रलाई कारबाही गर्नेबारे रास्वपा सभापति रविको चासो, सभामुख अर्यालसँग गरे आधा घण्टा कुरा
खगेन्द्रलाई कारबाही गर्नेबारे रास्वपा सभापति रविको चासो, सभामुख अर्यालसँग गरे आधा घण्टा कुरा


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग महिला हिंसामा मुछिएका सांसद खगेन्द्र सुनारलाई कारबाही गर्ने विषयमा चासो व्यक्त गरेका छन्।

GBIME
Tata

रविले बिहीबार सिंहदरबार पुगेर सभामुखसँग करिब आधा घण्टासम्म कुरा गरी रास्वपाले आन्तरिक छानबिन गरिरहेका खगेन्द्रमाथि कारबाहीबारे चासो राखेको स्रोतले बताएको छ।

‘एक्लाएक्लै बसेर कुरा गर्नु भएको हो। लामिछाने आउने पहिला खबर थिएन। एक्कासी आएर कुरा गर्नु भएको हो। सुनारलाई कारबाहीको विषयमा चासो छ उहाँको,’ सभामुख निकट स्रोतले भन्यो।

एक जना महिलालाई हिंसा गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले खगेन्द्रलाई सार्वजनिक कार्यक्रममा जान रोक लगाएको छ। कारबाहीका लागि रवि पक्ष तयार रहे पनि प्रधानमन्त्री बालेन्द्र शाह पक्ष तयार नभएका कारण रास्वपाले सुनारलाई पदमुक्त गर्ने सिफारिस गर्न सकेको छैन।

रास्वपाको अनुशासन आयोगले बनाएको समितिले खगेन्द्रलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गर्नका लागि सिफारिस गर्ने तयारी छ। खगेन्द्रसँग जोडिएको प्रमाण संकलनपछि समितिले बयान लिएको थियो। त्यस क्रममा खगेन्द्रले आफ्नो अडियो भए पनि तोडमोड भएको बताएका छन्।