काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले बिक्री गर्न लागेको सेयरको विवरण धमाधम सार्वजनिक गर्न थालेका छन्।
नेपाल धितोपत्र बोर्ड(सेबोन) को निर्देशनपछि कम्पनीहरुले १५ दिन अघि नै सेयर बिक्री गर्न चाहेको विवरण सार्वजनिक गर्न थालेका हुन।
सेबोनले भदौ दोस्रो साता सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले ५ प्रतिशतभन्दा बढी सेयर बिक्री गर्न चाहेमा १५ दिन अघि नै कम्पनीलाई जानकारी गराएर नेप्सेमार्फत सूचना सार्वजनिक गर्न निर्देशन दिएको थियो।
सेबोनको निर्देशनपछि आधारभूत सेयर बिक्री गर्न चाहेका कम्पनीहरुले अगाडि नै सूचना सार्वजनिक गरिरहेका छन्। इमर्जिङ नेपाल, हाथवे इन्भेष्टमेन्ट, बाराही हाइड्रोपावर, अपर हेवाखोला हाइड्रोपावर कम्पनी, कालिञ्चोक दर्शन, भगवती हाइड्रोपावर लगायतका कम्पनीका सेयरधनीले बिक्रीको सूचना सार्वजनिक गरेका छन्।
सेयरधनीले सेयर बिक्री गर्न थालेपछि कम्पनीमा बिक्री चाप बढेको छ।