BIZMANDU
www.bizmandu.com

सफ्टवेयर विकास केन्द्रको सीइओको दौडमा ६ जना, अन्तर्वार्ता लिन बोलाइएकाको सूचीमा को-को?

२०८३ असोज १

सफ्टवेयर विकास केन्द्रको सीइओको दौडमा ६ जना, अन्तर्वार्ता लिन बोलाइएकाको सूचीमा को-को?
सफ्टवेयर विकास केन्द्रको सीइओको दौडमा ६ जना, अन्तर्वार्ता लिन बोलाइएकाको सूचीमा को-को?

काठमाडौं। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको प्रमुख कार्यकारी अधिकृत (सीइओ)का लागि ६ जना प्रतिस्पर्धामा देखिएका छन्।

Vigo
GBIME
Tata

सरकारले प्रधानमन्त्री कार्यालय मातहत रहने गरी स्थापना गर्न लागेको केन्द्रको सीइओका लागि काठमाडौंको बुढानीलकण्ठका डा भोजराज घिमिरे, डा. श्रीधर मरासिनी र निराजन पन्थी, टोखाका नारायणप्रसाद घिमिरे, गुल्मीका ध्रुव ज्ञवाली र झापाका किरण तिमिल्सिना प्रतिस्पर्धामा देखिएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका लागि उनीहरुलाई शुक्रबार बोलाएको छ। केन्द्रको सीइओ नियुक्तिका लागि भदद १९ गते विज्ञापन गरिएको थियो।

केन्द्रमा सूचना प्रविधि क्षेत्रका ९३ जनाले जागिर पाउनेछन्। सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयर विकास, स्तरोन्नति तथा मर्मत कार्य केन्द्रले गर्नेछ। केन्द्र स्थापनाका लागि मन्त्रिपिरषद्ले करिब एक महिनाअघि गठन आदेश जारी गरेको थियो।