BIZMANDU
www.bizmandu.com

गणेश पराजुलीलाई उद्योगमन्त्री बनाउने बालेनको निर्णय, राष्ट्रपति कार्यालय पुग्यो पत्र

२०८३ भदौ २५

गणेश पराजुलीलाई उद्योगमन्त्री बनाउने बालेनको निर्णय, राष्ट्रपति कार्यालय पुग्यो पत्र
गणेश पराजुलीलाई उद्योगमन्त्री बनाउने बालेनको निर्णय, राष्ट्रपति कार्यालय पुग्यो पत्र


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले गणेश पराजुलीलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाउने निर्णय लिएका छन्।

Vigo
GBIME
Tata

बालेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग सल्लाह गरेर पराजुलीलाई मन्त्री बनाउने निर्णय लिएका हुन्।

स्रोतका अनुसार पराजुलीलाई उद्योगमन्त्री नियुक्त गर्न बालेनले गरेको सिफारिस राष्ट्रपति कार्यालय पुगिसकेको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने व्यवस्था छ।

राष्ट्रपति कार्यालयमा पराजुलीलाई अपराह्न ५ बजेपछि शपथग्रहण गराउने तयारी भएको छ। पराजुली हाल रास्वपाका संसदीय दलका उपनेता छन्। उनी काठमाडौं-७ बाट निर्वाचित सांसद हुन्। उनी २०७९ मंसिरको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। पराजुली पार्टीभित्र सभापति रवि निकट मानिन्छन्।

यसअघि गौरीकुमारी यादव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री थिइन्। ग्यास अभावको विषयमा उद्योगीलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्तिका कारण उनी बिहीबार राजीनामा दिन बाध्य भएकी थिइन्।