BIZMANDU
www.bizmandu.com

डेपुटी गभर्नर दीर्घ रावलको सम्पति विवरण: भक्तपुर र कैलालीमा घर, सवारी साधनतर्फ एउटा स्कुटर

२०८३ भदौ १६

डेपुटी गभर्नर दीर्घ रावलको सम्पति विवरण: भक्तपुर र कैलालीमा घर, सवारी साधनतर्फ एउटा स्कुटर
डेपुटी गभर्नर दीर्घ रावलको सम्पति विवरण: भक्तपुर र कैलालीमा घर, सवारी साधनतर्फ एउटा स्कुटर


काठमाडौं। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावलले सम्पति विवरण सार्वजनिक गरेका छन्। उनलाई सरकारले गत भदौ ३ गते राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डेपुटी गभर्नरमा बढुवा गरेको हो।

Vigo
GBIME
Tata

उनले बुझाएको सम्पति विवरण अनुसार, भक्तपुर ठिमीमा श्रीमतीका नाममा घर छ। उनले २०७७ फागुनमा एक करोड ८० लाख रुपैयाँमा खरीद गरेका हुन्। यो घर बैंक ऋण सुविधा र स्वआर्जनका साथै पुरानो घर जग्गा बिक्रीबाट किनेको खुलाएका छन्।

यसबाहेक आमाको नाममा कैलालीको टिकापुरमा एक कठ्ठा र अछामको बान्नीगढीमा एक रोपनी जग्गामा घर छ। यो पैत्रृक सम्पति हो। साथै आमाको नाम कैलाली टिकापुरमा दुई रोपनी, बान्नीगढीमा  ४५ रोपनी, धनगढीमा  ३३८ वर्ग मिटर जग्गा छ। रावलको आफ्नै नाममा कैलालीमा एक कठ्ठा र श्रीमतीका नाममा ६ लाख हाराहारीको जग्गा छ।

पैत्रिक तथा स्वआर्जन सम्पतिका रुपमा २५ तोला सुन, दुई केजी चाँदी, एक लाख पर्ने चाँदीको औंठी र ४० हजार रुपैयाँ नगद छ। बैंक तथा वित्तीय संस्थामा ११ रावलको नाममा ११ लाख ४९ हजार नेपाली मुद्रामा र १४ हजार डलर बचत छ। यो पारिश्रमिक र वैदेशिक तालिम तथा भ्रमणबापत बचत भएको हो। श्रीमतीका नाममा ३ लाख ८४ हजार बैंक बचत छ। यो घरभाडाबाट प्राप्त भएको हो।

रावलको नाममा बैंक तथा वित्तीय संस्थाहरुको ७७० कित्ता सेयर छ। श्रीमतीका नाममा बैक तथा वित्तीय संस्थाको २७५६७ कित्ता, बीमा कम्पनीको १३० कित्ता, जलविद्युत कम्पनीको २३७९ कित्ता, डिस्टिलरीको एक हजार कित्ता सेयर छ। श्रीमती विगतमा बैंकमा कार्यरत हुँदा कर्मचारीका रुपमा सेयर पाएको सम्पति विवरणमा उल्लेख छ। छोराछोरीको नाममा बैंक र जलविद्युतको १६७ कित्ता सेयर छ। सेयरहरु सबै सर्वसाधारण हुन्।

उनले कार्यरत संस्थाबाट सापटी चलाएका छन् भने बैंक वित्तीय संस्थामा ५० लाख ऋणको लिमिट लिएका छन्। सवारी साधनतर्फ छोराको नाममा २०८२ सालमा किनेको एक लाख ९४ हजार पर्ने स्कुटर छ। यसबाहेक २ लाख १० हजारको बीमा छ।