काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार बिहान कुरा सुन्न नपाएका नेपाल राष्ट्र बैंकका ६ जना कार्यकारी निर्देशकलाई अहिले साँझ अर्थ मन्त्रालयमा बोलाएका छन्।
उनले गुरु पौडेल, रेवती नेपाल, अनुज दाहाल, मुक्ति सापकोटा लगायत ६ जनालाई उनीहरुको कुरा सुन्न मन्त्रालयमा बोलाएका हुन्।

राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकमध्ये १२ जनाले बिहान सवा ९ बजे सुरु भएको बैठकमा आफ्ना कुरा राखेका थिए।

प्रधानमन्त्री बालेन्द्र शाहले बिहान ११:३० बजे मन्त्रिपरिषद् बैठक बोलाएका कारण वाग्लेले ६ जनाले बोल्न बाँकी रहँदा बैठक सकाएका थिए। ६ जना कार्यकारी निर्देशकसँगको छलफल जारी रहेको मन्त्री वाग्लेको सचिवालयले जनाएको छ।
मन्त्री वाग्लेले सरकारले आर्थिक सुधार र संरचनागत रूपान्तरणको रोडम्याप अगाडि सारेको भन्दै त्यसमा राष्ट्र बैंकको साथ चाहिएको बताएका छन्।