BIZMANDU
www.bizmandu.com

पूर्वअर्थमन्त्री पौडेलविरुद्ध २१ करोड बिगोसहित सम्पत्ति शुद्धीकरणको मुद्दा, १५७ रोपनी जग्गा जफत गर्न माग

२०८३ असार ३२

पूर्वअर्थमन्त्री पौडेलविरुद्ध २१ करोड बिगोसहित सम्पत्ति शुद्धीकरणको मुद्दा, १५७ रोपनी जग्गा जफत गर्न माग
पूर्वअर्थमन्त्री पौडेलविरुद्ध २१ करोड बिगोसहित सम्पत्ति शुद्धीकरणको मुद्दा, १५७ रोपनी जग्गा जफत गर्न माग


काठमाडौं। पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ।

Tata
GBIME

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई हिरासतमा राखेर अनुसन्धान थालेको २४औं दिनमा २० करोड ९० लाख रुपैयाँ बिगो कायम गरी बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सम्पत्ति शुद्धीकरण लगायत विभिन्न कसुरमा यसअघि नै मुद्दा दायर भएका बिचौलिया दीपक भट्टसँग कनेक्सन देखिएपछि विभागले एमाले उपाध्यक्ष समेत रहेका पूर्वअर्थमन्त्री पौडेलमाथि अनुसन्धान थालेको थियो।

भट्टलाई गैरकानुनी लाभ दिलाएर त्यसबाट आर्जित रकम पौडेलले विभिन्न कम्पनीमा अदृष्यरुपमा लगानी गरेको विभागको अनुसन्धानबाट खुलेको छ।

विभागले भट्टका साथै शुभी अग्रवाल र उपेश बस्नेतविरुद्ध पूरक मुद्दा दायर गरेको छ। भट्टसँग ४७ करोड र शुभीसँग ३३ करोड बिगो दाबी गरिएको छ। भट्ट जोडिएका विभिन्न ८ वटा कम्पनीलाई पनि प्रतिवादी बनाइएको छ।

ती कम्पनीलाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको हो। व्यवसायी शुलभ अग्रवाललाई पनि बिगो जफतका लागि प्रतिवादी बनाइएको छ।

विभागको पत्रका आधारमा प्रहरीले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। प्रहरीले त्यसको भोलिपल्ट पौडेललाई विभागको जिम्मा लगाएको थियो।

भट्टविरुद्ध विभागले यसअघि नै विभिन्न कसुरमा मुद्दा दायर गरेकामा उनी अहिले पुर्पक्षका लागि थुनामा छन्।

‘करिब डेढ सय रोपनी जग्गा जफत गर्ने प्रयोजनका लागि कम्पनीलाई प्रतिवादी बनाइएको छ। केही व्यक्तिलाई भने अन्य कसुरमा पनि प्रतिवादी बनाइएको छ,’ विषेश अदालत स्रोतले भन्यो। विभागले विभिन्न कम्पनीको ४ लाख कित्ता सेयरमा लगानीबारे पनि प्रश्न उठाएको छ।

पूर्वअर्थमन्त्री पौडेलसँग जोडिएका गाई पालक किसान शशी शर्मा पौडेललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।