BIZMANDU
www.bizmandu.com

नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठकमा भएको सहमति महत्वपूर्ण उपलब्धि : विराजभक्त श्रेष्ठ

२०८३ असार ३२

नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठकमा भएको सहमति महत्वपूर्ण उपलब्धि : विराजभक्त श्रेष्ठ
नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठकमा भएको सहमति महत्वपूर्ण उपलब्धि : विराजभक्त श्रेष्ठ


काठमाडौं। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठकमा भएको सहमति महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

Tata
GBIME

उनले भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने दीर्घकालीन लक्ष्य प्राप्त गर्ने दिशामा बैठकमा भएको सहमति महत्वपूर्ण उपलब्धि भएको बताए। सचिवस्तरीय बैठकमा भएको सहमतिले नेपालको विद्युत बजार विस्तारमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ।

दुई देशका ऊर्जा सचिवको संयुक्त निर्देशक समितिको बैठकमा भारतले नेपालबाट १,६५० मेगावाट विद्युत लान सहमति जनाएको थियो। प्राधिकरणले अहिलेसम्म आफूलाई बढी भएको बिजुली ११०० मेगावाटभन्दा बढी निर्यात गर्न अनुमति पाएको थिएन।

साथै दुई देशबीचको ऊर्जा सहकार्यलाई थप सुदृढसमेत बनाउने छ । बैठकले नेपालबाट भारततर्फ विद्युत् निर्यातको क्षमता वृद्धि, नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा दीर्घकालीन विद्युत् व्यापारका लागि आवश्यक संरचना विकासलाई तीव्रता दिने सहमति गरेको छ ।

ऊर्जामन्त्री श्रेष्ठले नेपालको स्वच्छ ऊर्जालाई भारतीय बजारमा थप विस्तार गर्न सकिने वातावरण बनेको भन्दै यसबाट व्यापार घाटा न्यूनीकरण, विदेशी मुद्रा आर्जन तथा राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे।