BIZMANDU
www.bizmandu.com

स्थिर रहेको सुनको मूल्य २ सय रुपैयाँ घट्यो, चाँदी पनि ८५ रुपैयाँ सस्तियो

२०८३ जेठ २१

स्थिर रहेको सुनको मूल्य २ सय रुपैयाँ घट्यो, चाँदी पनि ८५ रुपैयाँ सस्तियो
स्थिर रहेको सुनको मूल्य २ सय रुपैयाँ घट्यो, चाँदी पनि ८५ रुपैयाँ सस्तियो

काठमाडौं। बुधबार स्थिर रहेको सुनको मूल्य घटेको छ। बिहीबार सुनको भाउ प्रति तोला २ सय रुपैयाँ घटेर ३ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ४ सय रुपैयाँ बढेर प्रति तोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो

सोमबार सुन २ सय रुपैयाँ घटेर प्रति तोला ३ लाख १० हजार ९ सय रुपैयाँमा थियो।

चाँदीको मूल्य पनि ८५ रुपैयाँ घटेको छ। चाँदी बिहीबार ५ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तोलामा ३५ रुपैयाँ घटेर चाँदीको भाउ प्रति तोला ५ हजार ३७० रुपैयाँ निर्धारण भएको थियो।

महासंघका अनुसार मंगलबार चाँदी प्रति तोला ५ हजार ४०५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य बढेर प्रति औंस ४४७३.९८ डलर पुगेको छ। चाँदी प्रति औंस ७३.४८ डलर छ।

बुधबार सुन प्रति औंस ४४६९.०९ डलर र चाँदी प्रति औंस ७४.७४ डलरमा कारोबार भएको थियो।