काठमाडौं। शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।
बिहीबार सुन तोलामा एक सय रुपैयाँले बढेर प्रति तोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि तोलामा १ सय २० रुपैयाँ घटेर प्रति तोला ५ हजार १ सय ३० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रति तोला ५ हजार २ सय २५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य प्रति औंस ४८०४.२४ डलर र चाँदी प्रति औंस ७९.११ डलर छ।