BIZMANDU
www.bizmandu.com

हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नारायण बजाज, सुलभको राजीनामापछि रिक्त थियो पद

२०८२ चैत्र २४

हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नारायण बजाज, सुलभको राजीनामापछि रिक्त थियो पद
हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नारायण बजाज, सुलभको राजीनामापछि रिक्त थियो पद

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्समा नारायण बजाज अध्यक्ष बनेका छन्।

Vigo
GBIME
Tata

यसअघिका अध्यक्ष सुलभ अग्रवालले सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिएपछि चैत १९ गते राजीनामा दिएपछि कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले बजाजलाई बाँकी कार्यकालका लागि सञ्चालक नियुक्त गरी अध्यक्ष चयन गरेको हो।

बजाज कम्पनीको संस्थापक सेयरधनी लक्ष्मी कर्पका तर्फबाट सञ्चालक समितिमा पुगेका हुन्।