BIZMANDU
www.bizmandu.com

रिलायन्सको सेयर आइतबारदेखि किनबेच हुने, पहिलो कारोबार मूल्य अधिकतम् ३०० रुपैयाँ

२०८२ फागुन १

रिलायन्सको सेयर आइतबारदेखि किनबेच हुने, पहिलो कारोबार मूल्य अधिकतम् ३०० रुपैयाँ
रिलायन्सको सेयर आइतबारदेखि किनबेच हुने, पहिलो कारोबार मूल्य अधिकतम् ३०० रुपैयाँ

काठमाडौं। बुक बिल्डिङ विधिमार्फत बिक्री गरिएको रिलायन्स स्पिनिङ मिल्सको सेयर दोस्रो बजारमा आइतबारबाट कारोबारमा आउने भएको छ।

Tata
GBIME
Nepal Life

नेपाल स्टक एक्सचेन्जले रिलायन्सको आइपीओ शुक्रबार सूचीकृत गरी दोस्रो बजारमा पहिलो कारोबारका लागि प्रति कित्ता १०० देखि ३०० रुपैयाँसम्म ओपनिङ रेन्ज दिएको छ।

आइपीओमा लगानी गरेका सर्वसाधारणले आफ्नो पैसा उठाउन ११ वटा पोजेटिभ सर्किट कुर्नुपर्नेछ। कम्पनीले सर्वसाधारणलाई प्रति कित्ता ८२०.८८ रुपैयाँका दरले ९ लाख २४ हजार ७६८ कित्ता आइपीओ बेचेको थियो।

कम्पनीको १ करोड ९० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ।