BIZMANDU
www.bizmandu.com

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त, २५ वर्षको बैंकिङ अनुभव

२०८२ माघ २०

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त, २५ वर्षको बैंकिङ अनुभव
प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त, २५ वर्षको बैंकिङ अनुभव

काठमाडौं। प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन्। बैंकको संचालक समितिले मंगलबारबाटै लागू हुने गरी शर्मालाई प्रमुख कार्यकारी अधिकृत बनाएको हो।

Tata
GBIME
Nepal Life

अशोक शेरचनले राजीनामा गरेपछि प्रभु बैंकको प्रमुख कार्यकारी पद रिक्त थियो। शर्मालाई ४ वर्षका लागि नियुक्त गरिएको हो।

शर्माको २५ वर्षभन्दा बढीको बैंकिङ अनुभव छ। उनले १० वर्षभन्दा बढी उच्च व्यवस्थापनमा बसेर काम गरिसकेका छन्।

सनराइज बैंक र माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका उनी केही समयदेखि बैंकिङ बाहिर थिए। सनराइज बैंक लक्ष्मी बैंकसँग मर्जरमा गएपछि उनी बाहिरिएका थिए। त्यसयता उनी अध्यापनमा आबद्ध भएका थिए।

शर्माले ग्लोबल आइएमई बैंकमा करिब १ वर्ष काम गरेका थिए। उनले एनएमबि बैंकमा पनि काम गरिसकेका छन्।

शर्माले काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा भिजिटिङ फ्याकल्टीका रूपमा एमबीएका विद्यार्थीलाई पढाइरहेका थिए।

उनी अर्थशास्त्र र व्यवस्थापनका साथै भौतिकशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त हुन्।