BIZMANDU
www.bizmandu.com

नागढुंगा सुरुङमार्ग संचालनका लागि कम्पनी छान्ने बाटो खुल्यो, सरकारले फुकायो बाधा अड्काउ

२०८२ भदौ ९

नागढुंगा सुरुङमार्ग संचालनका लागि कम्पनी छान्ने बाटो खुल्यो, सरकारले फुकायो बाधा अड्काउ
नागढुंगा सुरुङमार्ग संचालनका लागि कम्पनी छान्ने बाटो खुल्यो, सरकारले फुकायो बाधा अड्काउ

काठमाडौं। सरकारले नागढुंगा-नौबिसे सुरुङमार्ग संचालन तथा व्यवस्थापनका लागि कम्पनी छनोट गर्ने बाटो खोलिदिएको छ।

Tata
GBIME
Nepal Life

सरकारले बाधा अड्काउ फुकाउने आदेश जारी गरी नागढुंगा-नौबिसे सुरुङमार्ग संचालन तथा व्यवस्थापनका लागि कम्पनी छनोट गर्ने बाटो खोलिदिएको हो।

सार्वजनिक खरिद ऐन र नियमावलीले सुरुङमार्ग, द्रुतमार्ग, फ्लाइओभरजस्ता पूर्वाधार सञ्चालन र व्यवस्थापनका लागि सेवा खरिद गर्न बाधा अड्काउ परेकाले आदेश जारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल राजपत्रमा बाधा अड्काउ फुकाउने आदेश प्रकाशन गरेसँगै नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाले कम्पनी छनोटको प्रक्रिया अगाडि पाउने भएको छ।

अब आयोजनाले कम्पनी छनोटका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयबाट टेण्डर डकुमेन्ट स्वीकृत गराइ प्रक्रिया अगाडि बढाउनेछ। नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणको अन्तिम चरणमा छ।

नेपालमा अहिलेसम्म सुरुङमार्ग, द्रुतमार्ग, फ्लाइओभर जस्ता पूर्वाधारको नियमित संचालन, व्यवस्थापन र मर्मत सम्भारका लागि आवश्यक सेवा प्रदायक छनोट सम्बन्धी स्पष्ट व्यवस्था छैन।

यस्ता पूर्वाधारको नियमित संचालन, व्यवस्थापन र मर्मत सम्भार विद्यमान संयन्त्रबाट सम्भव नहुने र अनुभव हासिल गरेका सेवा प्रदायकबाट सेवा खरिद गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकाले बाधा अड्काउ आदेश जारी गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

सरकारले यो सुरुङमार्गमा संचालन हुने सवारीसाधनका लागि लाग्ने शुल्क केही दिन अगाडि तोकिसकेको छ।