BIZMANDU
www.bizmandu.com

भारतमा थप २०० मेगावाट बिजुली निर्यात हुने, ५ वटा आयोजनाबाट उत्पादित विद्युत खरिद गर्ने

२०८२ साउन २७

भारतमा थप २०० मेगावाट बिजुली निर्यात हुने, ५ वटा आयोजनाबाट उत्पादित विद्युत खरिद गर्ने
भारतमा थप २०० मेगावाट बिजुली निर्यात हुने, ५ वटा आयोजनाबाट उत्पादित विद्युत खरिद गर्ने


काठमाडौं । भारत सरकारले नेपालका विभिन्न पाँच जलविद्युत आयोजनाबाट उत्पादन भएको थप २०० मेगावाट विद्युत खरिदका लागि सहमित दिएको छ।

GBIME
Tata

भारत सरकारले थप २०० मेगावाट बिजुली आयातको स्वीकृति गरेसॅगै कूल निर्यात एक हजार ५०.९ मेगावाट पुगेको छ।

यसअघि प्राधिकरणले ८१०.९ मेगावाट निर्यात अनुमति पाएको थियो। २०० मेगावाट स्वीकृति पाएसॅगै भारतमा मात्र कूल निर्यात क्षमता १०१०.९ मेगावाट पुगेको छ।

नेपालले बंगलादेश ४० मेगावाट विद्युत निर्यात गरिरहेको छ। भारतले सोमबार ११ अगस्ट २०२५ देखि ३१ अक्टोबर सम्मको लागि २०० मेगावाट विजुली स्वीकृति दिएको हो।

सम्बन्धित समाचार : विद्युत प्राधिकरणले बेच्छ भारतलाई १६ आयोजनाको बिजुली, कुनबाट कति निर्यात?

भारतले लिखु-२, लिखु खोला ए ,लोअर सोलु, ठुलो खोला ,सुपर कावेली खोला ए र सुपर कावेलि खोलाबाट उत्पादन भएको विद्युत लैजाने छ।

आर्थिक वर्ष २०८१/८२ मा १७ अर्ब ४७ करोड रुपैया बराबरको विद्युत निर्यात भएको छ। भारत सरकारबाट प्राप्त भएको थप निर्यात अनुमति र आगामी दिनमा निर्यात दोब्बर हुने अनुमान प्राधिकरणको छ।