BIZMANDU
www.bizmandu.com

चालु आर्थिक वर्षका लागि सरकारी भुक्तानी बन्द, एकैदिन ९ अर्ब विकास बजेट खर्च

२०८२ असार २५

चालु आर्थिक वर्षका लागि सरकारी भुक्तानी बन्द, एकैदिन ९ अर्ब विकास बजेट खर्च
चालु आर्थिक वर्षका लागि सरकारी भुक्तानी बन्द, एकैदिन ९ अर्ब विकास बजेट खर्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारी भुक्तानी बन्द भएको छ। अर्थ मन्त्रालयले हरेक आर्थिक वर्ष सकिन हप्तादिन अघि भुक्तानी बन्द गर्ने गरेको छ।

Tata
GBIME
Nepal Life

यो आर्थिक वर्षको लागि भुक्तानी गर्ने आज अन्तिम दिन हो। आज (बुधबार) मात्रै सरकारले पुँजीगत शीर्षकमा ८ अर्ब ९२ करोड ५० लाख खर्च गरेको छ। त्यस्तै आज चालु शीर्षकमा ७ अर्ब र वित्तीय व्यवस्थातर्फ ३ अर्ब ५३ करोड खर्च भएको छ।

असार महिनामा सरकारले ४३ अर्ब २२ करोड पुँजीगत खर्च गरेको छ। यो साताको ४ दिनमा मात्रै १८ अर्ब ३१ करोड खर्च भएको छ।

सरकारले चालु आर्थिक वर्षमा ३ खर्ब ५२ अर्ब पुँजीगत खर्च गर्ने लक्ष्य लिए पनि १ खर्ब ८६ अर्ब ६१ करोड मात्रै खर्च भएको छ।

चालुतर्फ ९ खर्ब ६४ अर्ब खर्च भएको छ, लक्ष्य भने ११ अर्ब ४० करोडको थियो। त्यस्तै, ३ खर्ब ६७ अर्ब २८ करोड वित्तीय व्यवस्थाका लागि विनियोजन भए पनि ३ खर्ब १६ अर्ब खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ।   

तथ्यांकअनुसार आजसम्म कूल लक्ष्यको ७८.८४ प्रतिशत खर्च भएको छ। यसमध्ये चालुतर्फ ८४.५१, पुँजीगततर्फ ५२.९६ र वित्तीय व्यवस्थातर्फ ८६ प्रतिशत खर्च भएको छ।

आजसम्म सरकारी आम्दानी लक्ष्यको ७६ प्रतिशत भएको छ। कर राजस्वतर्फ लक्ष्यको ७६.६४, गैरकरतर्फ ७६ र अनुदानतर्फ ४० प्रतिशत आम्दानी भएको छ।

पढ्नुस :