BIZMANDU
www.bizmandu.com

भन्सार विधेयकमाथि विधायन व्यवस्थापन समितिले टुंग्यायो छलफल, प्रतिवेदन तयार गर्न बाँकी

२०८२ असार १६

भन्सार विधेयकमाथि विधायन व्यवस्थापन समितिले टुंग्यायो छलफल, प्रतिवेदन तयार गर्न बाँकी
भन्सार विधेयकमाथि विधायन व्यवस्थापन समितिले टुंग्यायो छलफल, प्रतिवेदन तयार गर्न बाँकी

काठमाडौं। भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले छलफल टुंग्याएको छ।

Tata
GBIME
Nepal Life

विधेयकमा पाँचवटा एकल तथा संयुक्त संशोधन प्रस्ताव परेकामा समितिले सोमबार छलफल टुंगो लगाएको हो। डा बेदुराम भुसाल, गोमादेवी तिमल्सिना, घनश्याम रिजाल, जयन्तीदेवी राई, मदनकुमारी शाह, राजेन्द्रलक्ष्मी गैरे, सुरेशकुमार आलेमगर, गोपीबहादुर सार्की अछामी, जगप्रसाद शर्मा, भगवती न्यौपाने, गोपाल भट्टराई, डा अन्जान शाक्य लगायतले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका थिए।

समितिकी सभापति तुलसाकुमारी दहालले विधेयकमाथिको छलफल टुङ्गिएको र प्रतिवेदन तयार पारेर जतिसक्दो चाँडो राष्ट्रिय सभामा पठाइने जानकारी दिइन्।

यो विधेयक प्रतिनिधि सभाले वैशाख १६ गते पारित गरेको थियो।