BIZMANDU
www.bizmandu.com

भ्रष्टाचार मुद्दा लागेका पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा, बयान कसको इजलासमा?

२०८२ असार ११

भ्रष्टाचार मुद्दा लागेका पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा, बयान कसको इजलासमा?
भ्रष्टाचार मुद्दा लागेका पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा, बयान कसको इजलासमा?

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफूविरुद्ध लागेको भ्रष्टाचार मुद्दामा बयान दिन विशेष अदालतमा उपस्थित भएका छन्।

Tata
GBIME

पूर्वप्रधानमन्त्री नेपाल गोविन्द बन्दीलगायत कानुन व्यवसायीसहित केहीबेरअघि विशेष अदालत पुगेका हुन्। न्यायाधीश तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा पूर्वप्रधानमन्त्री नेपालको बयान हुनेछ। बयान सकेपछि थुनछेक बहस हुनेछ।

नेपालविरुद्ध प्रधानमन्त्री पदमा रहँदा सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

पतञ्जलीका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिएको विषयमा अख्तियारले तत्कालीन प्रधानमन्त्री नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।

२०६६ सालमा भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५५४ रोपनी जग्गा खरिद गरी ३५३ रोपनी हाउजिङ कम्पनीलाई बेचेका थिए। त्यतिखेर नेपाल प्रधानमन्त्री थिए।