BIZMANDU
www.bizmandu.com

नेपालमा गल्फ अर्थतन्त्रका सम्भावना : कोर्षमा लगानी भए पर्यटनलाई जोडेर बेच्न सक्छौँ प्याकेज

२०८२ असार ११

नेपालमा गल्फ अर्थतन्त्रका सम्भावना : कोर्षमा लगानी भए पर्यटनलाई जोडेर बेच्न सक्छौँ प्याकेज
नेपालमा गल्फ अर्थतन्त्रका सम्भावना : कोर्षमा लगानी भए पर्यटनलाई जोडेर बेच्न सक्छौँ प्याकेज

संसारभर जुन-जुन देश, सहरका स्टेडियममा फुटबल वा क्रिकेटका प्रतियोगिताहरू हुन्छ, खेलाडी-दर्शक त्यहाँ पुग्छन् नै। उनीहरू हवाई यात्रा गर्छन्, होटलमा बस्छन्। खेल हेर्ने मेलोमा उनीहरू उक्त देश, सहर घुम्छन्। खर्च गर्छन्। खेलकुदको अर्थतन्त्र त्यसरी चल्छ। हामी यति बेला गल्फका कुरा गर्दैछौं। त्यस्तो अर्थतन्त्रमा गल्फको सम्भावना अझ उच्च छ।

Tata
GBIME

महँगो र खर्चिलो खेल, त्यसका लागि सहभागी पनि खर्चको उच्च क्षमता भएकाहरू नै हुन्छन्। अन्य खेलमा दर्शक धेरै आए मात्रै आर्थिक कारोबारमा सकारात्मक असरमा जोडबल पुग्छ, गल्फमा आयोजकले खर्च गर्छन्, खेलाडीले अझ खर्च गर्छन्। तर, हामीकहाँ यो खेलका लागि पूर्वाधार कति छ, हामीले कति लगानी गरेका छौं, सम्भावनाका फेर समाएर राज्यले कसरी हेरेको छ भन्ने केलाउनु आजका लागि सान्दर्भिक हुन जान्छ।

फुटबल त मैले बच्चैदेखि खेलको हो। फुटबलमा जिल्लाबाट अञ्चल हुँदै राष्ट्रिय टोलीसम्मै खेलेँ। युवा छउन्जेल फुटबल खेलियो। यसमा धेरै फिजिकल हुनुपर्‍यो। ३५/४० वर्ष पुगेपछि म फुटबल खेल्ने अवस्थामा पनि थिइन्। उमेर पनि भइसकेको थियो। त्यसबेला मेरो सूर्य नेपालमा जागिर थियो। त्यहाँ गल्फ खेल्ने सिनियर भेटेँ। त्यतिबेलासम्म मलाई गल्फ ‘बुढा’हरूले खेल्ने हो कि जस्तो लाग्थ्यो। अथवा धनी व्यक्तिले मात्रै खेल्ने खेल हो कि भन्ने लाग्थ्यो। मेरो कम्पनीका सिनियरहरू खेल्नुहुन्थ्यो। त्यसपछि मैले गल्फसँग साक्षात्कार गर्ने मौका पाएँ।

आफू एउटा खेलाडी भएका हिसाबले पनि मलाई यो खेलमा रुचि भयो। मैले त्यहीँ छँदा १९८८/८९ बाट यसमा लागेँ।

दक्षिण एसियामा भारत, बंगलादेश हामीभन्दा धेरै अगाडि छन्। त्यहाँ लगानी धेरै छ। हामीकहाँ पर्याप्त कोर्ष नै छैन। हामीकहाँ गिनेचुने ४/५ वटा कोर्ष छ। त्यो पनि अन्तर्राष्ट्रिय स्तरको एउटामात्र।

प्रोफेसनल गल्फ र रिक्रिएसनल गल्फ

फुटबल त फिजिकल खेल भयो। गल्फ फिजिकल हो या टेक्निकल हो भन्न कुन चाहिँ विधाको गल्फ खेल्दै हुनुहुन्छ त्यसको आधारमा भन्न सकिन्छ। हाम्रो जुन प्रोफेसनल गल्फ हो नि पीजीए लगायतका यो अत्यन्त प्रतिस्पर्धात्मक छ। यसमा फिजिकल्ली पनि बलियो हुनुपर्‍यो। मेन्टल्ली पनि बलियो हुनुपर्‍यो।

मैले धेरै गेमहरू खेलेको छु। गल्फले अर्कै किसिमको चुनौतीहरू ल्याउँछ। मेन्टल्ली, फिजिकल्ली हरेक सटहरू फरक हुन्छ। चार दिन/तीन दिनसम्म निरन्तर एउटै खेल खेलिरहने एउटा साधना पनि हो।

हामीले खेल्ने धेरै खेलहरू देख्नुहुन्छ। अलि ‘बुढा’मान्छेहरू कर्पोरेट या अन्य क्षेत्रमा काम गरेर कहिलेकाहीँ आएर खेल्ने त्यो रिक्रिएसनल गल्फ हो। त्यो भनेको मर्निक वाक गरेजस्तै, एक्सरसाइज गरेजस्तै या टोल-टोलमा ब्याडमिन्टन खेलेजस्तै हो। सबै खेल हुँदाहुँदै हाम्रो प्रोफेसनल गल्फ या एमेच्योर गल्फरलाई सानैदेखि ट्रेन्ड गरेको हुन्छ। जुनियर गल्फबाट सुरु भएर एमेच्योर राम्रो खेल्ने भइसकेपछि प्रोफेसनल हुन्छ। प्रोफेसनल भन्नेबित्तिकै यो पैसासँग एसोसिएट हुन्छ। अर्थात गल्फ खेलेरै जीविका चलाउने स्तरमा पुग्छ।

हामीसँग अहिले ४०-५० जना प्रोफेसनल गल्फरहरू हुनुहुन्छ। उहाँहरू यही गल्फ खेल्नु हुन्छ, यसैमा कमाउनु हुन्छ।

यो प्लेटफर्मले अहिले भारतमा पनि नेपाली खेलाडीले खेल्दैछन्। भारतमा पनि त्यो लेभलमा खेल्नका लागि धेरै कुराहरू हुन्छन्। कटमेक गर्नुपर्ने हुन्छ, क्वालिफाइङ स्कुलहरू जानुपर्ने हुन्छ। भारतमा यसको राशि ठूलो छ। यहाँभन्दा सय/दुई सय गुणा ठूलो राशि छ। यसका टूरहरू हुन्छ।

नेपालबाट अहिले दुई जनाले भारतमा खेलिरहेका छन्। अरु एक-दुई जना पनि सम्भावित छन्। निरज तामाङ लगायत अन्यको पनि सम्भावना छ।

सरकारको या खेलकुद परिषद्को कुनै पनि लगानी गल्फमा भएको छैन। जबसम्म खेल्ने ठाउँ, पूर्वाधार अथवा प्रशिक्षणमा लगानी हुँदैन, तबसम्म यो खेल माथि जान सक्दैन।

सम्भावना ठूलो, लगानी सीमित

फुटबल, भलिबल, बास्केटबल भनेको गाउँमा जहाँ पनि खेल्न सकिने भयो। यसका लागि भने लगानी गर्नुपर्ने हुन्छ। सरकारले ठाउँ-ठाउँमा गल्फकोर्षहरू बनाइदिने हो भने यतिको महँगो चाहिँ हुँदैन। अमेरिकातिर अहिले पब्लिक कोर्षहरू छन्। ती धेरै सस्ता छन्। उनीहरूले त्यसलाई खेलका रुपमा, रिक्रिएसनका रुपमा लिएर गएका छन्।

यहाँ त म गल्फ खेल्छु भन्नेवित्तिकै कुनै प्राइभेट कोर्षमा जानु पर्‍यो। त्यहाँको सदस्यता लिनु पर्‍यो। यो महँगो छ। खेल्ने इक्विपमेन्टहरू लिनु पर्‍यो। त्यो महँगो छ। सुरु गर्न अरु खेलको तुलनामा गल्फ अलि महँगो चाहिँ छ।

दक्षिण एसियामा भारत, बंगलादेश हामीभन्दा धेरै अगाडि छन्। त्यहाँ लगानी धेरै छ। हामीकहाँ पर्याप्त कोर्ष नै छैन। हामीकहाँ गिनेचुने ४/५ वटा कोर्ष छ। त्यो पनि अन्तर्राष्ट्रिय स्तरको एउटामात्र।

सरकारको या खेलकुद परिषद्को कुनै पनि लगानी गल्फमा भएको छैन। जबसम्म खेल्ने ठाउँ, पूर्वाधार अथवा प्रशिक्षणमा लगानी हुँदैन, तबसम्म यो खेल माथि जान सक्दैन। यो इन्डिभिजुअल खेल पनि हो। हामीसँग जति रिसोर्स छ त्यसैलाई आधार बनाएर हेर्दा भन्न सकिन्छ हामीसँग ठूलो सम्भावना चाहिँ छ।

भारतमा हाम्रो खेलाडीहरू खेल्दैछ। सरकारले खेल्ने ठाउँ चाहिँ बनाइदिनु पर्‍यो। हामीले सरकारलाई बारम्बार भनिरहेका छौँ। हाम्रो भनाइ के थियो भने कमसेकम सात वटा प्रदेशमा एक-एकवटा कोर्ष त बनाइदिनुहोस्। राष्ट्रिय खेलमा गल्फ आइसकेको छ। एसियन गेम्समा पनि छ। भन्नुको मतलब यसमा निजी लगानीकर्ताहरू आउँछन्। लिजमा लिएर हुन्छ या के गरेर हुन्छ, त्यो चल्न सक्छ मज्जाले।

अरु देशमा अहिले यति धेरै गर्मी छ। यहाँ अन्तर्राष्ट्रिय प्रतियोगिताहरू ल्याउन सकिन्छ। अहिले भारतमा, बंगलादेश या बैंककमा गल्फ खेल्न सकिँदैन। यसलाई नेपालमा ल्याउने हो भने पर्यटनसँग पनि जोडेर हेर्न सकिन्छ।

कर्पोरेट र सरकार लागे हुन सक्छ हल

गल्फमा विभिन्न विधा र व्यवसाय गर्ने मानिसहरू खेल्न आउँछन्। यसले प्रतिस्पर्धात्मक खेलकै लागि खेल्ने खेलाडीले पनि अवसर पाउँछन्। राष्ट्रले अन्य खेलको विभिन्न स्थानहरूमा संरचना त बनाइरहेकै छ। त्यो हिसाबले गल्फमा राखेपको लगानी भएको देखिँदैन।

सम्बन्धित समाचार: अन्तिम स्पर्धा सूर्य नेपाल प्रिमियरको च्याम्पियन राहुल, सिजनको सर्वाधिक पुरस्कार रकम निरजलाई

अहिलेको आर्थिक अवस्थाले त्यति राम्रो पर्फमेन्स दिने कर्पोरेसनहरू छैनन्। दुई-चार वटा कर्पोरेसनमात्रै छन्, अलिकति साइजेबल ठूलो छन्। मलाई लाग्छ, उहाँहरूलाई पनि धेरै दबाब छ। यस्तोमा कर्पोरेट र सरकार मिलेर केही गरौं भन्ने हो भने चाहिँ सम्भावना छ।

जस्तै सूर्य नेपालले प्रोफेसनल गल्फ टूरको २० औँ वर्षदेखि गरिरहेको छ। उहाँहरूले गर्दा हामी वर्षमा ७/८ वटा टोर्नामेन्ट गर्छौं। त्यसरी नै अरु कम्पनी पनि अगाडि आउन सक्छन्। अलिअलि फाट्टफुट्ट गरिरहेका हुन्छ्न। तर, दीर्घकालीन हेरेर संस्थागत हिसाबले भने लागेका छैनन्।

समग्रमा अघि बढाउने हो भने पहिला त खेल्ने ठाउँ चाहियो नि। नेपाल यति राम्रो ठाउँ छ। काठमाडौंमा हामीसँग कोर्ष छ। अरु देशमा अहिले यति धेरै गर्मी छ। यहाँ अन्तर्राष्ट्रिय प्रतियोगिताहरू ल्याउन सकिन्छ। अहिले भारतमा, बंगलादेश या बैंककमा गल्फ खेल्न सकिँदैन। यसलाई नेपालमा ल्याउने हो भने पर्यटनसँग पनि जोडेर हेर्न सकिन्छ।

हामी यहाँ ट्रेकिङ, गल्फ लगायतलाई जोडेर प्याकेज दिन सक्छौं। तर, हामीसँग गल्फ कोर्ष नै पर्याप्त छैन। समस्या त्यो हो।

प्याकेज बेच्न पुग्दैन कोर्ष

हाम्रो देशमा प्रचुर सम्भावना छ। हामीसँग हिमाल छ। ट्रेकिङ छ। धार्मिक पर्यटनको सम्भावना छ। त्यहीसँग प्याकेजमा यो गल्फलाई जोड्न सकिन्छ। यो भयो भने त यो गर्मीको सिजनमा काठमाडौं या पहाडमा दुई-चार वटा कोर्ष हुने हो भने जोड्न सकिन्छ। गल्फ खेल्न आएको पर्यटक धार्मिकमा पनि जान सक्छ।

गल्फ खेल्ने पर्यटक क्यासिनोमा पनि जान सक्छ। क्यासिनोमा आउने मान्छे गल्फमा पनि आउन सक्छ। धेरै वटा कुराहरू एकअर्कासँग जोडिएर आउँछन्। एकदिन ट्रेकिङ गएपछि दुई दिन गल्फ खेल्छु भन्ने पनि हुन सक्छ।

नेपालमा भएका विभिन्न दूतावासबाट खेल्न भनेर आउनुहुन्छ। विदेशी एम्बेसीको धेरै मानिसहरूले गल्फ खेल्छ्न्।

हाम्रै आफ्नो अनुभवको कुरा गर्दा नेपालबाटै पनि कम्बोडिया, थाइल्याण्ड, मलेसिया गल्फ खेल्न जाने थुप्रै छन्। वर्षमा केही नभए पनि दुई-चार सय जना गइरहेकै हुन्छन्। उनीहरूले प्याकेज लिएर त्यहाँ जान्छन्।

त्यस्तै किसिमले हामी यहाँ ट्रेकिङ, गल्फ लगायतलाई जोडेर प्याकेज दिन सक्छौं। तर, हामीसँग गल्फ कोर्ष नै पर्याप्त छैन। समस्या त्यो हो।

सम्बन्धित समाचार: १०६ वर्ष पुगेको रोयल गल्फ त्रिभुवन विमानस्थल विस्तारले हुँदैछ विस्थापित, अब कहाँ स्थापना होला?

गल्फ भनेको अमेरिका, सिंगापुर, जापान, कोरियाजस्ता देशमा यो खेल धेरै पपुलर छ।

काठमाडौंमा पहिला त धेरै ठाउँ थियो। अब छैन। तै पनि काठमाडौं भन्दा अलि बाहिर जस्तै फास्ट ट्र्याकतिर अथवा त्रिशूली जाने बाटो तिर बनाउन सकिन्छ। राम्रो बाटो भए एक-दुई घण्टाको यात्रा ठूलो कुरा पनि होइन।

नागरिक उड्ड्यन प्राधिकरणले काठमाडौंको एयरपोर्ट विस्तारको योजना अघि बढाइरहेको छ। त्यो हिसाबले कोर्षको अधिकांश जमिनमा पार्किङ या अन्य कन्स्ट्रक्सन गर्ने तयारी छ। यो दुर्भाग्यपूर्ण छ।

विमानस्थल विस्तारले संकटमा आरएनजीसी

आरएनजीसी भनेको नेपाली गल्फिङमा ‘आमा’ जस्तै हो। नेपाली गल्फको सुरुवात नै त्यहीबाट भएको हो। अझै पनि गल्फको धेरै कामहरू त्यहीँ हुन्छ। तर, त्यो अधिकांश जग्गा चाहिँ सिभिल एसिएसनको छ। त्यहाँ लिजमा लिइएको छ।

नागरिक उड्ड्यन प्राधिकरणले काठमाडौंको एयरपोर्ट विस्तारको योजना अघि बढाइरहेको छ। त्यो हिसाबले गल्फ कोर्षको अधिकांश जमिनमा पार्किङ या अन्य कन्स्ट्रक्सन गर्ने तयारी छ। यो दुर्भाग्यपूर्ण छ। त्यो कोर्ष सयौं वर्ष पुरानो हो। सहरको बीचमा राम्रो हरियाली, प्रकृतिको संरक्षणका हिसाबले पनि र इमर्जेन्सीको समयमा पनि खाली राख्नुपर्ने जमिनका रुपमा थियो।

अब उहाँहरूले केही बनाउने भन्नुभयो भने हामीले केही भन्ने अवस्था चाहिँ छैन। त्यो गयो भने नेपाली गल्फका लागि दुर्भाग्य हुनेछ।

(नेपाल प्रोफेसनल गल्फर संघ अध्यक्ष श्रेष्ठसँग बिजमाण्डूका मुकुन्द घिमिरेले गरेको कुराकानीमा आधारित)