BIZMANDU
www.bizmandu.com

गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा, अब राष्ट्र बैंक सम्हाल्ने

२०८२ बैशाख २८

गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा, अब राष्ट्र बैंक सम्हाल्ने
गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा, अब राष्ट्र बैंक सम्हाल्ने


काठमाडौं । डा.विश्व पौडेलले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका छन्।

Tata
GBIME
NLIC

डा. गुणाकर भट्टको नाममा प्रधानमन्त्री केपी ओली सहमत हुन नसकेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले गत शुक्रबार पौडेलको नाम अगाडि सारेका थिए। उनको नाममा सत्तारुढ दलमा सहमति भएको बताइन्छ।

समितिबाट राजीनामा दिएका उनलाई अब गभर्नर बनाउने तयारी अन्तिम चरणमा पुगेको छ। त्यसैले उनले राजीनामा दिएका हुन्।

यता भट्ट राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएर बसेका छन्। उनको राजीनामा भने कामु गभर्नर डा. निलम ढुङ्गाना तिमिल्सिनाले स्वीकृत गरेकी छैनन्। जसकारण गभर्नर नियुक्ति नहुँदा सरकारको आलोचना भइरहेको छ।

सम्बन्धित समाचार : बलियो सुपरीवेक्षणको वकालत गर्ने विश्व पौडेल आगामी गभर्नर बन्ने, कसले बिगार्‍यो गुणाकर भट्टको माहोल?

भट्टलाई प्रधानमन्त्रीले नरुचाएको चाल पाएपछि पौडेललाई विकल्पका रुपमा अगाडि सारिएको हो। पौडेल प्राज्ञिक व्यक्तित्व हुन्। उनी योजनाहरू सुक्ष्म रुपमा बनाएर तल्लो तहसम्म पुग्ने गरी काम गर्नु पर्छ भन्ने मान्यता राख्छन्।

उनी चितवनबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार पनि थिए। पछिल्लो समय उनी डा. प्रकाशशरण महत अर्थमन्त्री हुँदा अर्थमन्त्रालयको प्रमुख सल्लाहकार भएर बजेट निर्माणमा सहयोग गरेका थिए। उनी अहिले काठमाडौं विश्वविद्यालयमा अध्यापन गर्छन्।

पौडेलको राजीनामा पछि सरकारले अब बस्ने मन्त्रिपरिषद्को बैठकबाट गभर्नर सिफारिस समिति पुनर्संरचना गर्नेछ। ऐनको व्यवस्था अनुसार अर्थमन्त्री विष्णु पौडेल संयोजक छन्। दुई सदस्यमा डा. पौडेलका साथै पूर्व गभर्नर महाप्रसाद अधिकारी रहेकोमा अब पौडेलको स्थानमा अर्का अर्थशास्त्रीलाई नियुक्त गरिनेछ।

पुनर्संरचनापछि बस्ने समितिको बैठकले डा. पौडेलसहित दुईजनाको नाम सिफारिस गर्ने र मन्त्रिपरिषद्ले पौडेललाई नियुक्त गर्ने तयारी छ।