BIZMANDU
www.bizmandu.com

पाकिस्तानमा भारतको आक्रमणबारे ट्रम्पले भने : लज्जास्पद, ‘अर्को युद्ध विश्वले सहन सक्दैन’

२०८२ बैशाख २४

पाकिस्तानमा भारतको आक्रमणबारे ट्रम्पले भने : लज्जास्पद, ‘अर्को युद्ध विश्वले सहन सक्दैन’
President Donald Trump talks to reporters as he walks on the South Lawn of the White House, in Washington, Sunday, March 30, 2025. (AP Photo/Jose Luis Magana)


भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा आक्रमण गरेको छ। यसमा विश्वका नेताहरुले प्रतिक्रिया दिन सुरु गरेका छन्।

Tata
GBIME
NLIC

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमण निकै दुखद् भएको प्रतिक्रिया दिएका छन्। ह्वाइट हाउसमा उनलाई आक्रमणबारे प्रश्न सोधिएको थियो।

‘यो लज्जास्पद कुरा हो। म चाहन्छु कि यो चाँडै अन्त्य होस्,’ ट्रम्पले भने।

राष्ट्रसंघले के भन्यो ?

यस्तै, संयुक्त राष्ट्रसंद्धका महासचिव एन्टोनियो गुटेसरले पनि आक्रमणबाट चिन्तित भएको बताएका छन्। गुटेरसका प्रवक्ताले भनेका छन् : नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सीमामा भारतीय सैन्य कारबाहीलाई लिएर धेरै चिन्तित छु।

गुटेरसले दुवै देशलाई संयम बनाइराख्न अनुरोध पनि गरेका छन्। उनले विश्व भारत र पाकिस्तानबीच अर्को एउटा युद्धको जोखिम विश्वले सहन गर्न नसक्ने बताएका छन्।

पढ्नुस : पाकिस्तान र पिओकेमा भारतले ‘अपरेसन सिन्दुर’ सुरु गर्दै भन्यो : न्याय प्रदान गरियो

पाकिस्तानको प्रतिक्रिया

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतीय आक्रमणलाई ‘कायरतापूर्ण आक्रमण’ भनेका छन्। उनले पाकिस्तानको ५ क्षेत्रमा आक्रमण गरिएको भन्दै कारबाही गरिने बताएका छन्।

उनले भारतीय आक्रमणको जवाफ पाकिस्तानी सेनाले दिइरहेको बताएका छन्। पाकिस्तानले भारतीय केही एयर स्ट्राइक विफल बनाएको दाबी गरेको छ।