BIZMANDU
www.bizmandu.com

इलन मस्कको नजर अब एमसीसीमा, कर्मचारीहरुलाई मेलमा भनियो : कार्यक्रम बन्द हुन सक्छ

२०८२ बैशाख ११

इलन मस्कको नजर अब एमसीसीमा, कर्मचारीहरुलाई मेलमा भनियो : कार्यक्रम बन्द हुन सक्छ
Photo: AP


डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डज) हाँकिरहेका इलन मस्कको तारोमा अर्को अमेरिकी वैदिशिक सहायता संस्था परेको छ। धनाढ्य इलन मस्कले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने तयारी गरेका छन्।

Tata
GBIME
NLIC

डजले एमसीसीमा कार्यरत कर्मचारीहरुलाई मेल पठाएर संस्था बन्द गर्नेबारे जनाएको हो। डजले एमसीसीका धेरै कार्यक्रमहरु छिट्टै बन्द गर्न सक्ने भन्दै मेलमा पठाएको छ।

यसअघि मस्कले युएसएआईडी पनि बन्द गराएका थिए। यद्यपि, यसबारे अमेरिकी अदालतमा भने मुद्दा चलिरहेको छ।

एमसीसी सन् २००४ मा जर्ज डब्लु बुस प्रशासन हुँदै स्थापना भएको थियो। विकासउन्मुख देशहरलाई सहयोग गर्ने उद्देश्यले यो संस्था खोलिएको थियो।

अब मस्कले एमसीसी नै बन्द गर्ने योजना बनाएपछि त्यसको सिधा असर नेपालमा पनि पर्नेछ। अमेरिकाले पछिल्लोपटक नेपालमा संचालित एमसीसी परियोजनालाई थप ६ अर्ब ८५ करोड रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो। अमेरिकाको त्यो सहयोग स्वीकार गर्ने विषय अर्थ मन्त्रालयले मन्त्रिपरिषद्‍मा लाने तयारी गरिरहँदा ट्रम्पको निर्देशनले रोकिएको थियो।

सो रकम पाउने अनिश्चित भइसक्दा कार्यान्वयनमा रहेको अमेरिकाको ५० करोड डलर अनुदान सहायतामा एमसीसी परियोजना पनि अब फेरि अनिश्चित नै बनेको छ।

ट्रम्पले वैदेशिक सहायता रोक्ने निर्णय गरेपछि अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)ले फागुन २ गते गरेको इ-मेल अनुसार एमसीसी परियोजना रोकिएको थियो। यद्यपि, विभिन्न कार्यक्रम र प्रशासनिक काम जारी रहँदा मस्कको निर्णयले थप अन्योलता बढाएको छ।

पढ्नुस् : एमसीसीको मुख्यालयबाट आएको त्यो इमेल जसले नेपालमा रोकियो एमसीसी परियोजना