BIZMANDU
www.bizmandu.com

यू-१९ विश्वकप छनोट: निर्णायक खेल खेल्दै नेपाल र अफगानिस्तान, वर्षाका कारण टसमा ढिलाइ

२०८२ बैशाख ६

यू-१९ विश्वकप छनोट: निर्णायक खेल खेल्दै नेपाल र अफगानिस्तान, वर्षाका कारण टसमा ढिलाइ
यू-१९ विश्वकप छनोट: निर्णायक खेल खेल्दै नेपाल र अफगानिस्तान, वर्षाका कारण टसमा ढिलाइ


काठमाडौं। यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत आज मुलपानीमा हुने निर्णायक खेलको टस समयमा हुन सकेन। शुक्रबार बेलुकादेखि भएको वर्षाका कारण भिजेको आउफिल्डका कारण निर्धारित समयमा टस हुन नसकेको हो।

Tata
GBIME

पाँच टोली सहभागी विश्वकप छनोटमा आज नेपाल र अफगानिस्तान भिड्दैछन्। प्रभावशाली प्रदर्शन गरिरहेका यी दुबै टोलीले लगातार तीन खेल जितेका छन्। अर्कोतर्फ, यूएई, हङकङ र ओमन यसअघि नै विश्वकपको होडबाट बाहिरी सकेका छन्।

विश्वकप पुग्न नेपाल आजको खेल जित्नै पर्ने बाध्यतामा छ। अर्कोतर्फ नेट रनरेटमा अफगानिस्तान आजको खेल हुन नसके विश्वकप पुग्नेछ।

विश्वकप छनोट अघि नेपाल र अफगानिस्तानले तीन खेलको सिरिज खेलेका थिए। माथिल्लो मुलपानी मैदानमा सम्पन्न उक्त सिरिज अफगानिस्तानले २-१ ले जितेको थियो। उक्त खेलको दोस्रो खेलमा नेपाल १ रनले पराजित भएको थियो भने तेस्रो खेलमा जित निकालेको थियो। आजको खेल भने तल्लो मुलपानी मैदानमा हुनेछ।

सम्बन्धित समाचार: विश्वकप पुग्न अफगानिस्तान चुनौती, फाइनल सरहको खेलका लागि नेपालको कस्तो छ तयारी?