BIZMANDU
www.bizmandu.com

नदीमा थप २० मिटर मापदण्डविरुद्ध सडकमा ओर्लिए गोकर्णेश्वरका बासिन्दा, निर्णय खारेजीको माग

२०८१ भदौ २३

नदीमा थप २० मिटर मापदण्डविरुद्ध सडकमा ओर्लिए गोकर्णेश्वरका बासिन्दा, निर्णय खारेजीको माग
नदीमा थप २० मिटर मापदण्डविरुद्ध सडकमा ओर्लिए गोकर्णेश्वरका बासिन्दा, निर्णय खारेजीको माग


काठमाडौं । सर्वोच्च अदालतले नदीको मापदण्ड थप २० मिटर कायम गरेपछि अहिले विरोध भइरहेको छ। काठमाडौं महानगरले थप मिटरमै संरचना निर्माण रोक लगाएपछि यो मुद्दा थप चर्किएको हो।

Tata
GBIME
NLIC

यसबीच आज गोकर्णेश्वर नगरपालिकाका स्थानीयले मापदण्डको विरोध गर्दै प्रदर्शन गरेका छन्। सर्वोच्चको फैसलालाई ‘गैर न्यायिक’ भन्दै उनीहरुले जोरपाटी क्षेत्रमा प्रदर्शन गरेका हुन्।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले नदी किनारको थप मापदण्ड तय भएको क्षेत्रमा निर्माणमा समेत रोक लगाउँदै गोकर्णेश्वर नगरपालिकाका स्थानीय त्यस प्रकारको निर्णय नगरपालिकाले गरे आफूहरुलाई मान्य नहुने भन्दै आन्दोलनमा उत्रिएका हुन्।

उनीहरुले सर्वोच्चको फैसला खारेजी हुनुपर्ने माग राखेका छन्। सर्वोच्चको फैसला कार्यान्वयनमा आउने भए जोरपाटी क्षेत्रका धेरै मानिसको घर जानेछ।

पढ्नुस : वाग्मतीमात्रै होइन उपत्यकाका सबै खोला वरिपरि छोड्नुपर्नेछ २० मिटर, सम्भव छ सर्वोच्चको फैसला कार्यान्वयन?

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले गत पुस ३ गते गरेको फैसलाको पूर्णपाठ केही दिनअघि मात्रै सार्वजनिक भएको थियो। पूर्णपाठमा वाग्मती, विष्णुमती, हनुमन्ते ,मनोहरा लगायत सबै नदी किनारबाट दायाँबायाँ थप २० मिटर छाड्नुपर्ने भनिएको छ।