BIZMANDU
www.bizmandu.com

क्यानडाको आरोपबारे अमेरिकाले भन्यो : चिन्तित छौं, तर भारतलाई कुनै विशेष छुट दिइनेछैन

२०८० असोज ५

क्यानडाको आरोपबारे अमेरिकाले भन्यो : चिन्तित छौं, तर भारतलाई कुनै विशेष छुट दिइनेछैन
क्यानडाको आरोपबारे अमेरिकाले भन्यो : चिन्तित छौं, तर भारतलाई कुनै विशेष छुट दिइनेछैन


क्यानडा र भारतबीच हरदिप सिंह निज्जर हत्या प्रकरणमा अमेरिकाले प्रतिक्रिया दिएको छ। अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवनले यो प्रकरणमा दोषी देखिए भारतलाई ‘विशेष छुट’ नदिइने बताएका हुन्।

Tata
GBIME
NLIC

उनले यो हत्या प्रकरणबारे अमेरिकाले क्यानडियन र भारतीय अधिकारीहरुसँग सम्पर्कमा रहेको पनि बताएका छन्।

क्यानडियन नागरिक हरदिप सिंह निज्जरको हत्या भारतीय सरकारका एजेन्टले गरेको क्यानडाका प्रधानमन्त्री जस्ट्रिन ट्रुडोको आरोपबीच दुई देशकोबीच विवाद बढ्दो छ। तनाव बढ्दा दुवै देशले कूटनीतिज्ञ निकाला गरेका छन् भने व्यापार मिसन पनि स्थगित गरेका छन्। भारतले क्यानडाका नागरिकलाई उपलब्ध गराउँदै आएको भिसा सेवासमेत स्थगित गरिसकेको छ।

यस्तो अवस्थामा सुलिवनलाई ह्वाइट हाउसमा सोधिएको प्रश्नको उत्तरमा उनले भने, ‘यो हाम्रो लागि चिन्ताको विषय हो। यो यस्तो कुरा हो जसलाई हामीले गम्भिरताका साथ लिएका छौं। यो यस्तो मामिला हो जसमा हामी काम जारी राख्नेछौं। कुनै देशको मतलब नगरी हामी काम गर्नेछौं।’

उनले थप भने, ‘यस्तो काम गर्नेलाई कुनै विशेष छुट दिइने छैन। देशको मतलब नगरी हामी उभिनेछौं र हाम्रो सिद्धान्तको रक्षा गर्नेछौं। हामी क्यानडा जस्तो सहयोगी देश पनि नजिकबाट काम गर्नेछौं किनभने यो मामिलाको अनुसन्धान र कूटनीतिक प्रक्रिया क्यानडाले अघि बढाइरहेको छ।’

अमेरिकाले यस मामिलामा क्यानडासँग दूरी बढाइरहेको भन्ने समाचारबारे सुलिवनले भने, ‘म यो कुराको खण्डन गर्छु। अमेरिका र क्यानडाबीच कुनै मतभेद छैन। जुन आरोप क्यानडाले लगाएको छ त्यसलाई लिएर हामी चिन्तित छौं र हामी चाहन्छौं की अनुसन्धान अघि बढोस् र अपराधीहरुलाई जवादेही बनाइयोस्।’

सुलिवनको यो भनाइसँगै यदी क्यानडाले लगाएको आरोप प्रमाणित भएमा भारतलाई कुनै छुट नदिइने प्रष्ट भएको अमेरिकी थिंक टयांक ‘द विल्सन सेन्टर’का माइकल कुगलम्यानले बताएका छन्।