BIZMANDU
www.bizmandu.com

आइक्यानले भन्यो- ‘आचारसंहिताविपरीत लेखापरीक्षण गर्दा दोषी भेटिए सदस्य सीएलाई कारवाही गर्छौं’

२०८० साउन २४

आइक्यानले भन्यो- ‘आचारसंहिताविपरीत लेखापरीक्षण गर्दा दोषी भेटिए सदस्य सीएलाई कारवाही गर्छौं’
आइक्यानले भन्यो- ‘आचारसंहिताविपरीत लेखापरीक्षण गर्दा दोषी भेटिए सदस्य सीएलाई कारवाही गर्छौं’


काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले लेखापरीक्षकहरुले लेखापरीक्षण गर्दा विद्यमान कानुन तथा आचारसंहिताविपरीतको काम गरे कारवाही गर्ने प्रष्ट पारेको छ।

Tata
GBIME
NLIC

बिजमाण्डूले साउन १७ गते प्रकाशित गरेको कर नउठेपछि उद्योगी व्यवसायीमाथि राजस्व आतंक, पुराना फाइल पल्टाउँदै कर निर्धारण शीर्षकको समाचारको खण्डन पठाउँदै संस्थाले सिंगो पेशागत समुदायलाई नै लाञ्छित गर्न खोजिनु गलत हुने उल्लेख गरेको छ।

‘लेखापरीक्षकहरुले लेखापरीक्षण गर्दा नेपाल चार्टर्ड एकाउण्टेन्ट्स ऐन २०५३, नेपाल चार्टर्ड एकाउण्टेन्ट्स नियमावली २०६१, यस संस्थाले जारी गरेको आचार संहिता र प्रचलित लेखा तथा लेखापरीक्षण मानहरुको अधीनमा रहेर लेखापरीक्षण गर्ने हुँदा सो को विपरीत हुने गरी कुनै कार्य गरेको प्रमाण भेटिएमा संस्थाले कानून बमोजिम आवश्यक छानबिन गरी कानून एवं पेसागत आचारसंहिता उल्लंघन गर्ने लेखापरीक्षक सदस्यलाई आवश्यक अनुशासनात्मक कारवाही गर्ने गर्दछ,’ खण्डन पत्रमा उल्लेख छ।