BIZMANDU
www.bizmandu.com

नबिल बैंक सीईओमा अनुभवी बैंकर ज्ञानेन्द्र ढुंगाना नियुक्त, कुलिङ पिरियडलगत्तै नेतृत्व थाल्ने

२०७९ जेठ ९

नबिल बैंक सीईओमा अनुभवी बैंकर ज्ञानेन्द्र ढुंगाना नियुक्त, कुलिङ पिरियडलगत्तै नेतृत्व थाल्ने
नबिल बैंक सीईओमा अनुभवी बैंकर ज्ञानेन्द्र ढुंगाना नियुक्त, कुलिङ पिरियडलगत्तै नेतृत्व थाल्ने


काठमाडौं। नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन्। गत जेठ ७ गते सम्पन्न बैंकको विशेष साधारण सभाले ढुंगानालाई बैंकको आगामी सीईओ नियुक्त गरेको हो। 

Tata
GBIME
NLIC

बैंकका वर्तमान सीईओ अनिल केशरी शाहको कार्यकाल अबको केही दिनभित्रै सकिँदै छ। त्यससँगै रिक्त पदका लागि पूर्वतयारी गर्दै बैंकले उक्त जिम्मेवारीमा ढुंगानालाई ल्याउन लागेको हो। 

ढुंगानाले आउँदो जुलाई १ (असार १७) बाट नबिलको सीईओको रुपमा पदबहाली गर्नेछन्।

यसअघि नबिलसँग मर्ज हुन लागेको नेपाल बंगलादेश बैंक (एनबी) मा एक दशक उनले व्यवस्थापकीय नेतृत्व गरेका थिए। त्यस दौरान उनले एनबी बैंकको वित्तीय अवस्था सुधारमा निकै काम गरेका थिए। ढुंगाना गत पुस अन्तिम साता नेपाल बैंकको सीईओबाट अवकाश भएका हुन्। 
नेपालको अग्रणी बैंक बनेको नबिलमा सीईओ नियुक्त ढुंगाना नेपालका अनुभवी बैंकर मानिन्छन्। उनले तीन दशक यस क्षेत्रमा बिताइसकेका छन्। 

नेपाल राष्ट्र बैंकको निर्देशकबाट राजीनामा दिएपछि उनले निजी क्षेत्रका बैंकहरुबाट नयाँ इन्निङ सुरु गरेका थिए। 

राष्ट्र बैंक छाडेपछि उनी नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको महाप्रबन्धकमा नियुक्त भएका थिए। त्यहाँ एक वर्ष 'सेकेन्ड म्यान' को जिम्मेवारी सम्हालेपछि नेपाल बंगलादेश (एनबी) बैंकमा प्रमुख कार्यकारी अधिकृत बनेर भित्रिएका थिए।

यो पनि पढ्नुहोस् ः तीन दशकको बैंकिङ करिअरमा ज्ञानेन्द्र ढुंगानाको अल्पविराम: 'म रिटायर्ड भएको हो टायर्ड होइन'

पुस १२ मा एनबी बैंकको प्रमुख कार्यकारीबाट अवकाश भएका उनी कुलिङ पिरियडपछि पुनः नबिलको सीईओको नयाँ भूमिकामा देखा परेका हुन्। असार १२ गते उनको कुलिङ पिरियड सकिँदै छ। सो लगत्तै असार १७ बाट जिम्मेवारी सम्हाल्ने गरी उनी नबिलको सीईओ नियुक्त गरिएको हो। 

राष्ट्र बैंकसँग मर्जरको अन्तिम स्विकृतीका लागि नबिलले एकीकृत कारोबार गर्न थाल्दा बैंकको व्यवस्थापीय टिम के कस्तो हुने भन्ने सम्पूर्ण विवरण खुलाउनुपर्ने हुन्छ। नबिलले वैशाख सोमबार जेठ ९ मा राष्ट्र बैंकलाई अन्तिम स्वीकृति माग्दै सो विवरण समेत बुझाएको छ, जसमा मर्जरपछि एक हुने संस्थाको व्यवस्थापकीय नेतृत्व ढुंगानाले गर्ने उल्लेख गरेको छ। सोहीअनुसार आगामी जुलाई १ बाट ढुंगानालाई नबिलको सीईओको जिम्मेवारी दिन लागिएको हो। 

राष्ट्र बैंकसँग अन्तिम स्वीकृतिका लागि जानुअघि नबिले गत शनिबार गरेको विशेष साधारण सभाबाटै एकीकृत कारोबारको सुरुआती दिनदेखि नै बैंकको प्रमुख कार्यकारीको भूमिका सम्हाल्ने गरी ढुंगानालाई सीईओ नियुक्तिको निर्णय गरेको थियो।