multipurpose finance Archives - BIZMANDU

मल्टीपर्पस फाइनान्सले भदौ १० गतेदेखि १५ करोड बढीको हकप्रद बिक्री गर्ने, के गर्दैछ पैसा?
काठमाडौं। मल्टीपर्पस फाइनान्सले भदौ १० गतेदेखि हकप्रद सेयर बिक्री गर्ने भएको छ। फाइनान्सले कायम चुक्ता पुँँजी ४५ करोड २० लाखको ३५ प्रतिशत बराबर हकप्रद निष्कासन गर्दैछ। १५ करोड ८५ लाखको हकप्रद बिक्री गर्ने कम्पनीको तयारी छ।

१:०.३५ को अनुपातमा हकप्रद जारी गर्ने कम्पनीले जनाएको छ। जसअनुसार प्रत्येक एक सय कित्ता हुने सेयरधनीले ३५ कित्ता हकप्रदमा आवेदन दिन पाउनेछन्।

कम्पनीले १०० रुपैयाँका दरले १५ लाख ८२ हजार कित्ता बिक्री गर्ने जनाएको छ। हकप्रदमा आवेदन दिने अन्तिम दिन भदौ ३१ गते हो।

हकप्रदको रकममध्ये दुई करोड कम्पनीले अनिवार्य तरलता अनुपात कायम गर्न उपयोग गर्ने जनाएको छ। त्यस्तै ३ करोड ८२ लाख कर्जा प्रवाह गर्ने, दुई करोड शाखा विस्तारमा तथा ८ करोड रुपैयाँ सरकारी ऋणपत्रमा लगानी गर्ने कम्पनीको योजना छ।

The post मल्टीपर्पस फाइनान्सले भदौ १० गतेदेखि १५ करोड बढीको हकप्रद बिक्री गर्ने, के गर्दैछ पैसा? appeared first on BIZMANDU.

मल्टिपर्पस फाइनान्सले ३५ प्रतिशत हकप्रद निष्कासन गर्ने, चुक्ता पुँजी ६१ करोड रुपैयाँ नाघ्ने
काठमाडौं। मल्टिपर्पस फाइनान्सले ३५ प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ। फाइनान्सलाई धितोपत्र बोर्डले मंगलबार हकप्रद सेयर निष्काशनको स्विकृति दिएको हो।

मंगलबार कम्पनीको सेयर मूल्य ५.३३ प्रतिशत अर्थात् २० रुपैयाँ बढेको थियो।

फाइनान्सले १५ लाख ८२ हजार कित्ता हकप्रद जारी गर्दैछ। कुल १५ करोड ८२ लाख रुपैयाँको हकप्रद बिक्री गर्ने फाइनान्सको तयारी हो। प्रत्येक १०० कित्ता बराबर सेयरधनीले ३५ कित्ता हकप्रद खरिद गर्न मिल्नेछ।

अहिले फाइनान्सको चुक्ता पुँजी ४५ करोड २० लाख रुपैयाँ छ। हकप्रद बिक्री गरेपछि फाइनान्सको चुक्ता पुँजी ६१ करोड रुपैयाँ नाघ्नेछ।

दोस्रो बजारमा ३९५ रुपैयाँका दरले कारोबार भइरहेको मल्टिपर्पसले नियमित लाभांश दिने गरेको भने छैन। पछिल्लो लाभांश २०७७/७८ का लागि दिएको थियो। त्यतिबेला १३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो।

यसअघि फाइनान्सले ८६५ प्रतिशतसम्म हकप्रद बिक्री गरेको थियो। जसमा प्रत्येक एक कित्ता हुने सेयरधनीले ८.६५ कित्ता हकप्रद किनेका थिए।

The post मल्टिपर्पस फाइनान्सले ३५ प्रतिशत हकप्रद निष्कासन गर्ने,  चुक्ता पुँजी ६१ करोड रुपैयाँ नाघ्ने appeared first on BIZMANDU.