सञ्जिब सुब्बा Archives - BIZMANDU
नेपालका बैंकहरुले देखाएको खराव कर्जा कतिको वास्तविक छन्? सञ्जिब सुब्बाको लेख
दक्षिण एसियामा नै नेपाली बैंकहरुको खराब कर्जा सबैभन्दा कम छ। मुलत यस्तो हुनुका पछाडि केहि कारण हरु छन्। डेढ दशकअघिको  बित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत सरकारी बैंकहरुको 'बुक क्लिन' अभियानले प्रभावकारी काम गर्यो। ३०/४० प्रतिशत रहेको खराब कर्जा बिस्तारै घट्न थाल्यो।
त्यसबेला धेरै निजी बैंकहरु थिएनन्। १० भन्दा कम नै बाणिज्य बैंक थिए, केहि फाइनान्स कम्पनी र विकास बैंकहरु थिए। सरकारी बैंकहरुमा चरम राजनीतिक बेथिति थियो। पहुँच भएकाहरुले राजनीतिक शक्तिको दुरुपयोग गर्दै ऋण लिने अनि मिनाहा गराउने ठूलै गिरोह नै थियो। त्यही गिरोहहरुले नै बैंक लुटेर अकुत सम्पति जोडेका थिए र अझै पनि बजारमा कतै, कुनै रुपमा झुण्डी राखेकै होलान्। बैंकको ऋण लिएपछि तिर्नु पनि पर्छ र? भन्ने मान्यता व्याप्त थियो त्यसबेला। बित्तीय क्षेत्र सुधार कार्यक्रम लागु भएपछि यो धेरै हदसम्म रोकियो।
निजि बैंकहरु आउँदै थिए, बैंकिङ क्षेत्र भर्खर खराब कर्जाको बोझबाट हलुङ्गो हुँदै थियो। नयाँ बैंकहरुलाई यो नजिर नै बस्यो। अर्थतन्त्रको आकार पनि सानै थियो, बिप्रेषणले भर्खर बामे सर्दै थियो,  जनता केही हदसम्म आत्मनिर्भर नै थिए। कार्पेट र गार्मेन्टको निर्यातले बिट मार्न लागेको अवस्था थियो। दरवार हत्याकाण्ड अनि जनयुद्धको चपेटामा देश पर्यो। हुलका हुल जनताहरु गाउँ छोड्न बाध्य भए। राजधानी लगायत शहरी क्षेत्रमा चाप बढ्न थाल्यो। आर्थिक समस्याबाट उम्किन विदेश जाने लहड नै चल्न थाल्यो। रेमिटेन्स आउन थाल्यो र त्यो रेमिटेन्सले उपभोगको चक्र द्रुत गतिमा घुम्न थाल्यो।
गाउ पुगेका बैंकहरु बिस्थापित हुने क्रम बढ्यो। शहरतिर रेमिटेन्स र बैंकिंङ सुबिधाको माग बढ्न थाल्यो। सहज बैंकिंङ लाइसेन्स, सुद्धीकरण गर्नु नपर्ने लगानीको स्रोत, उपभोगमूखि अर्थतन्त्र, रेमिट्यान्स अनि बढ्दो शहरी जनसंख्या र सँगै आएको घरजग्गाको मागलगायत कम्बिनेसन बैंकका लगानीकर्ताको हितमा भयो।
लाइसेन्स लिएपछि काम गर्नु पर्यो अनि बैंकिङमा नयाँ नयाँ प्रयोगहरु सुरु भए। कम जोखिममा रहेर उपभोगमूखि अर्थतन्त्रलाई लक्षित बैंकिङ प्रोडक्टहरु नै सबै बित्तीय संस्थाले प्रचलनमा ल्याए र पछि आएकाले पनि त्यही नै अनुशरण गरे। फलस्वरूप ऋणहरु जग्गा,  ओभरड्राफ्ट, आयात, होलसेल, डिस्ट्रिब्यूटर आदि मै लक्षित हुन थाल्यो। सन् २०१० को दशकपछि चै शेयर बजार र गाडि कर्जाको पनि प्रचलन बढ्यो।
खराब कर्जामा जानुभन्दा पहिला अलि कति सांस्कृतिक र अलिकति किन पहिलेको खराब कर्जा बढि र अहिलेको कम भयो भनेर हेर्नु पर्छ।
सांस्कृतिक रुपमा र तुलनात्मक रुपमा नेपालीहरु ईमान्दार छन्,  यसमा कुनै शंका छैन। हिजो सरकारी बैंक डुबाउनेहरु योजनाबद्ध रुपमा नै राजनीतिक सुरक्षामा थिए। उनीहरुको नियत नै ऋण लिएर नतिर्ने भन्ने थियो। टार्गेटमा सरकारी बैंक नै थिए। यो कुराको पुष्टी तत्कालिन नेपाल अरब बैंक, ग्रिन्डलेज बैंक र नेपाल इन्डोसेज बैंकको 'क्लिन' वासलात हेरे पुग्छ।
हाम्रो केन्द्रीय बैंकले आफ्नो भूमिका, ऐननियमको पालनामा कडाई गरेको छ। जुन दक्षिण एसियाका अरु मुलुकमा त्यति सहज छैन। बंगलादेश, पाकिस्तान र भारतमै तुलनात्मक रुपमा बृहत बैंकिंङ संजालले गर्दा पनि सुपरिवेक्षण त्यति सहज हुन सकेको छैन। भारतमा त सरकारी बैंकहरु अझ पनि केन्द्रीय बैंकको पुरै पकडमा छैनन् र खराब कर्जाको ठूलो हिस्सा अझ पनि सरकारी बैंकहरुसँग छ। निजी क्षेत्रका बैंकहरुमाथि कारवाही गरेर चर्चामा आएका हालका केन्द्रीय बैंकका गभर्नर सरकारी बैंकहरुको हकमा कारवाही गर्न सकेका छैनन्। निजि बैंकमाथिको कारवाहीले उनी सरकारलाई सरकारी बैंकमाथि कारवाही गर्नु पर्यो भन्ने संदेश दिन खोज्दैछन् भने विश्लेषण गरिएको छ।
हाम्रोमा तुलनात्मक रुपमा ऋणको आकार सानो छ। ऋणसँग जग्गा जमिन र व्यक्तिको ईज्जत जोडिएको छ। परियोजना ऋणहरु भर्खर भर्खर जलविद्युत, सिमेन्टमा सुरु भएको छ। जलविद्युतको समय लामो हुनाले असर आजको भोलि नै देखिँदैन। सिमेन्टले गति नै लिइरहेको जस्तो देखिन्छ। छिमेकी देशहरुमा खराब कर्जाको ठूलो संख्या नै प्रोजेक्ट या ब्रान्डेड नामहरुका छन्। एक जना ठूलो उद्योगपति, ब्यापारी डुब्यो भने हजारौ करोडको ऋण खराब जान सक्छ।
हालका बर्षमा हाम्रो बैंकिङले पूँजी बृद्धिको दवावमा बसेर बैंकिङ गर्नु पर्ने बाध्यता छ। पूँजी बृद्धिको रोडम्यापमा मर्जरले भूमिका नखेल्दा ठूला बैंकको संख्यामा कमी आएको छैन। सानातीना त धेरै मर्ज भए तर कुल बैंकिङ कारोबारमा साना बैंकहरुको हिस्सा कम नै थियो र सतही रुपमा संख्या घटे पनि मूल समस्या थाँती नै रह्यो। सुशाशन तथा सुपरिवेक्षणको लागि ती ससाना मर्जरले सहज त गर्यो तर लक्ष्य प्राप्ति हुन् सकेन।
समग्रमा वित्तीय क्षेत्र सुधारको असर, देशको अर्थतन्त्रको स्वरुप, नियामक निकायद्वारा घर जग्गा, ओभरड्राफ्ट आदिमा कडाई, तुलनात्मक रुपमा सानो ऋणको आकार, परियोजनाका आधारमा फाइनान्सको अवसर नहुनु, पर्याप्त धितो लिएर ऋण दिनु जस्ता कारणले खराव कर्जा कम भएको हो।
तर के आगामी दिनमा हामी यसै रुपमा अगाडि बढ्न सक्छौ त? पुंजी बृद्धिको चर्को दबाव, तरलताको समस्या, ब्यापार विस्तारको पिरलो अनि मुनाफाको मोहले जोखिम रहित अगाडि बढ्न सम्भव छैन। आर्थिक बर्षको पहिलो त्रैमासिकको अन्त मै तरलताको समस्याले गाँजिसकेको छ। दोस्रो त्रैमासिक भनेको त झन् कर दाखिलाको समय हो। उपभोगमूखि अर्थतन्त्र बिस्तार भइरहेको छ। पूर्वाधार बिकासको बजेटहरु निकास हुन सकेको छैन। तरलताको जोहो नगरे कसरी ऋण दिने या कसरी आफु ८०-२० को अनुपातमा सुरक्षित भएर बस्ने भन्ने त्रास सबैलाई छ।
पूँजी बृद्धिले वासलातमा दवाब दिएको छ। ब्यबसाय बढाउनु नै छ, अरुभन्दा पहिले नै आफु अगाडि पुग्नु छ। यसले गर्दा बैंकहरुले उच्च जोखिम लिन थालेका छन्।
अब नियामक थप चनाखो हुनु  पर्ने देखिएको छ। बैंकको आन्तरिक सुशाशनको प्रतिबद्धता, जोखिमको संस्कृति, प्रुडेण्ट बैंकिंङको अभ्यास जरुरी छ। अहिलेकै जस्तो गतिमा जाने हो भने आगामी  बर्षहरुमा हाम्रो खराब कर्जा अहिलेकै अवस्थामा रहन्छ भन्न सकिँदैन।
(सुब्बा, नेशनल बैंकिङ इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत हुन्)
The post नेपालका बैंकहरुले देखाएको खराव कर्जा कतिको वास्तविक छन्? सञ्जिब सुब्बाको लेख appeared first on BIZMANDU.
कुलिङ पिरियड नियामकबाट भन्दा बोर्ड र सिइओबाटै लागू हुनु राम्रो, सञ्जिब सुब्बाको विश्लेषण
प्रमुख कार्यकारी अधिकृतहरु (सिइओ) एउटा बैंक छाडेको दुई/चार दिनमै अर्कोमा जाने प्रवृत्ति पछिल्लो समय बढेको छ।कोहीले एउटा बैंकमा छँदै अर्को बैंक जान पहिले नै टुङ्गो लगाउन थालेका छन्।मेरो विचारमा सिइओका लागि केही विशेष व्यवस्था गर्न आवश्यक छ। अर्थात प्रमुख कार्यकारीका लागि 'कुलिङ पिरियड' आवश्यक देखिएको छ।
सिइओ पद भनेको 'हट सिट' हो। उसले अलिकति समय लिएर अर्को बैंकमा जाँदा नयाँ बिचारहरु पनि सँगाल्न सक्छ। नीतिगत रुपमा यस्तो व्यवस्था नभएपनि प्रमुख कार्यकारी अधिकृत आँफैले पनि निश्चित समय 'ब्रेक' लिनु राम्रो हुन्छ।
अर्को संस्थामा जाँदा उ 'फ्रेस' भएर जान्छ, पुरानो बैंकको 'ह्याङओभर' छाडेर जान्छ। समय नलिइ जाँदा उसँग पुरानो संस्थाको सबै ताजा सुचनाहरु हुन्छन्। यसले पक्कै पनि केही न केही 'अनहेल्दी' वातावरण तयार हुन्छ। केही समय लिएर अर्को संस्थामा जाँदा पनि सुचनाहरु उसको दिमागबाट मेटिएको हुने त होइन, तर कुलिङ पिरियडको अवधारणाले पुरानो कुरा नयाँ बैंकमा ल्याउनु हुँदैन भन्ने कुरालाई स्थापित गरिरहेको हुन्छ।
कुलिङ पिरियडले नैतिकतालार्इ बल
मैले पुरानो बैंकको सूचनाहरु नयाँमा प्रयोग गर्नुहुँदैन भन्ने कुलिङ पिरियडको अवधारणा हो। यस्ता कुरामा सचेत हुनुपर्छ भन्ने सिकाउँछ। कुलिङ पिरियडको अर्थ, पुरानो संस्थाको 'ह्याङओभर' होइन, आफ्नो विज्ञता लिएर बाहिरिएको भन्ने कुरालाई बल पुर्याउँछ। यसले गर्दा नैतिक प्रश्नहरु पनि आउँदैनन्। नयाँ संस्थालाई नयाँ हिसावले हाँक्ने हौसला पनि दिन्छ।
कुलिङ पिरियड: बैंकरमाथि नैतिकताको प्रश्न
कुलिङ पिरियड भनेको भित्री सूचनाहरु, गोप्य सूचनाहरु लिएर जानु हुँदैन भनेर सचेत गराउने समय पनि हो। कुलिङ पिरियड हुँदैमा मान्छेले वदमासी नगर्ने भन्ने त हुँदैन। यो इन्टेसनको कुरा हो। ६ महिनापछि पनि उसले गएर गर्न सक्छ। नेपालमा समस्या 'व्यवसायिक योग्यता' को हुँदै होइन, 'व्यक्तिगत योग्यता' को हो।
कुलिङ पिरियड एकदमै आधारभुत कुरा हो। विगतमा समस्या आएको पनि यही कारण हो। व्यवसायिक योग्यताभन्दा पनि व्यक्तिगत नैतिकता, मूल्य र मान्यता तथा आचारसंहिताको अभावले नै समस्या भएको हो।
भारततिर यस्ता कुरामा खासै समस्या हुँदैन। बैंकको सिइओहरु त्यहीँबाट हुर्किरहेका हुन्छन्। त्यहीँबाट उनीहरु सिइओ हुन्छ र त्यहीँबाट रिटार्यड हुन्छ। नयाँ मान्छे भित्रबाटै आउँछन्। त्यसो हुँदा उतातिर कुलिङ पिरियड चाहिएन। नेपालमा सिइओको जागिर करारमा हुन्छ। चार बर्षको कार्यकाल तोकिएको छ। त्यसपछि बाहिरिनु पर्ने हुन्छ। त्यही भएर नेपालमा यस्ता खालका समस्याहरु आउँछन्। आइरहेका पनि छन्।
कसले तोक्ने कुलिङ पिरियड?
कुलिङ पिरियड राख्नका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकसम्म पुग्न उचित हुँदैन। सञ्चालक समितिबाटै यसलाई मिलाउनुपर्छ। नैतिकताको लेखाजोखा गर्ने जिम्मा नियामकलाई दिनु पनि हुँदैन।  सञ्चालक समितिले नै सिइओको कुलिङ पिरियड राख्दा राम्रो हुन्छ। अझ राम्रो, सिइओले आफ्नो कुलिङ पिरियडका लागि आफ्नै सिद्धान्त कायम गर्दा हुन्छ।
एउटा संस्था छाडेको दुई/चार सातामै अर्को संस्थाको नेतृत्व गर्न नैतिकताले दिँदैन भन्ने ठान्यो भने यस्ता प्रश्नहरु पनि उब्जिँदैनन्। निश्चित कुलिङ पिरियड चाँहिन्छ भनेर आफैले विवेक प्रयोग गरे सबैभन्दा राम्रो हुन्छ। नभएदेखि बोर्डले र त्यो पनि नभए नियामक निकायबाट कुलिङ पिरियडको ब्यवस्था हुनु आवश्यक छ। पुरानै संस्थाको 'स्ट्रेस', कामको त्यही भागदौड बोकेर एउटाबाट अर्कोमा जाँदा उसमा के उत्पादकत्व हुन्छ र? फ्रेस भएर जाँदा केही नयाँ आइडिया पनि आउँछ। सिइओ कुनै सानोतिनो पद त होइन। संस्था हाँक्ने कुरा हो। त्यसैले प्रमुख कार्यकारीहरुले नै यस बारेमा सोच्दा राम्रो हुन्छ र सोच्ने बेला पनि आइसकेको छ।
सकेसम्म सिइओले नै आफ्नो विवेक पुर्याए राम्रो हुन्छ। आफैले आफ्नो 'स्टयार्न्डर्ड' बनाउँदा राम्रो हुन्छ। यो भनेको सुशासनसँग जोडिने कुरा पनि हो। सुशासनको जोखिम यसैगरी आउने हो। यस्ता कुरा सञ्चालनमा पनि जोडिन्छ। यस्तो नै जोखिम होला भन्न नसकिएला तर यो सुशासन र नैतिकतासँग जोडिने प्रश्न भने अवश्य हो।
व्यक्तिगत रुपमा भन्दा प्रमुख कार्यकारी आँफैले कुलिङ पिरियड पालना गर्दा नैतिकताको संकट पर्दैन भने सुशासनमा पनि प्रश्न उठ्दैन। कुलिङ पिरियड लिएर जाँदा तत्काल केही प्रभाव नपर्ला तर दीर्घकालमा यसले राम्रो उदाहरण स्थापित गर्छ। सिइओहरुको उचाइ बढाउँछ। पदको मर्यादामाथि कसैले पनि प्रश्न उठाउन पाउँदैन।
कुलिङ पिरियड कति राख्ने?
कुलिङ पिरियड कति राख्ने भन्ने पनि प्रश्न आउला। ६ महिना या एक बर्ष? नेपालको सन्दर्भमा अहिलेलाई ३ महिनादेखि ६ महिना राख्न सकिन्छ। तर कुलिङ पिरियड राख्दैमा मान्छे इथिक्समा बस्छ भन्ने होइन। तर, त्यतिन्जेल पुरानो संस्थामा केही सुरक्षाको काम भइसकेको हुन्छ। फरक रणनीतिमा हिँडिसकेको हुन्छ। यसले बाहिरिएको सिइओलाई पनि राम्रो गर्छ र पुरानो संस्था पनि आफ्नो रणनीति फरक गर्न सक्षम भइसकेको हुन्छ।
कुलिङ पिरियडको अवधारण स्थापित गर्न कम्तिमा पनि तीन महिना राख्नै पर्छ। पछि विस्तारै बजारको माग अनुसार त्यसलाई बढाउन पनि सकिन्छ। तर कुलिङ पिरियडलाई बैंकका सञ्चालक समितिहरुले सिरियसली हेर्न आवश्यक छ। किनभने निक्षेपकर्ताको हित संरक्षणसँगै सेयर होल्डरको हित पनि  रक्षा हुनु पर्छ। अनइथिकल काम भयो भने ब्यापार अप्ठेरोमा पर्छ। बुक मिलाउने काम हुन सक्छ। त्यसलाई रोक्न पनि बोर्डले कुलिङ पिरियडको अवधारण ल्याउनु पर्छ।
यसमा अहिलेलाई नियामक गुहार्नेभन्दा पनि बोर्डले आफ्नो स्टान्डर्ड बनाउँदा राम्रो हुन्छ। अहिले हामी नयाँ नयाँ प्रयोग गरिरहेका छौं। पुरानो सोचलाई पनि बदल्नु पर्छ। त्यसैले कुलिङ पिरियड लागू गर्नु अहिले ठिक बेला पनि हो।
(सुब्बा नेसनल बैंकिङ इन्ष्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत हुन्।)
The post कुलिङ पिरियड नियामकबाट भन्दा बोर्ड र सिइओबाटै लागू हुनु राम्रो, सञ्जिब सुब्बाको विश्लेषण appeared first on BIZMANDU.
बिज्ञ बस्नुपर्ने बोर्डमा प्रमोटर रहँदा बैंकमा आइटी जोखिम, एनबिआई सिइओ सुब्बाको विश्लेषण
एनआइसी एसिया बैंकको स्विफ्ट ह्याक गरेर बिदेशीले रकम चोरी गरेको भन्ने समाचार छापाहरुमा आएपछि सूचना प्रविधी (आइटी) सुरक्षाप्रति सर्बत्र चासो बढेको छ। अहिले आइटी विश्वब्यापी रुपमा नै चुनौतीको विषय हो। यसमा नेपाल मात्र अपबाद हुने भन्ने हुँदैन। साथै आज समस्या समाधान गरियो अब भोली बल्झिँदैन भन्ने पनि छैन।
यो जोखिम न्यूनिकरणका लागि नीतिगत तहबाटै सम्बोधन गरिनुपर्छ। तर, हामीकहाँ बैंकको बोर्ड तहमा नै समस्या छ। बोर्डमा धेरै प्रमोटरहरु बस्छन्, वास्तवमा त्यहाँ राम्रोसँग आइटी बुझ्ने कोही पनि हुँदैनन्। त्यसैले उनीहरुमध्ये धेरैले यसमा गरिएको लगानीलाई फजुल खर्च ठान्छन्। वास्तवमा त्यहाँ फाइनान्स, मार्केटिङ, जोखिम व्यवस्थापन, आइटी, मानव संशाधन विज्ञहरु रहनु पर्ने हो। तर, फाइल लिएर लगानीकर्ताहरु बोर्डमा बसेपछि नीति कस्तो आउला? आफैं अनुमान गरौँ।
दैनिक प्रयोगकर्ताले समेत आइटीका सबै गुह्य बुझ्न सक्दैन भने कैयन् ब्यापार ब्यवसायमा व्यस्त प्रमोटरले बुझ्न कठिन नै पर्छ। तर, सञ्चालक समितिले आइटीको महत्व आत्मसात नगर्ने हो भने थप जोखिम व्यहोर्न तयार हुनुपर्छ। त्यसैले प्रविधिको क्षेत्रमा गरिएको लगानीलाई खर्च मानसिकताबाट माथि उठ्नै पर्छ। कमसल प्रविधि खरिदका लागि व्यवस्थापनलाई बोर्डले कहिल्यै पनि बाध्य पार्नु हुँदैन। बरु आफैंले गुणस्तरिय प्रविधिमा लगानी गर्न नहिच्किचाउ भनेर मुठी खुला गरिदिनु पर्छ।
त्यस बाहेक नेपाली बैंकहरुले अहिलेसम्म उच्च व्यवस्थापनमा आइटीको जनशक्तिलाई अटाएका छैनन्। एकजना अधिकृतलाई आइटी हेडको जिम्मेवारी दिएको छ भनेर मात्र पुग्दैन। कार्यकारी तहमै एकजनालाई प्रमुख प्रविधी अधिकृत रुपमा नियुक्त गर्नु पर्छ, ताकि उसले व्यवस्थापन तहको नीति निर्माण देखि बोर्डसम्म उपस्थिती जनाउन सकोस्।
आइटीमा यसअघि भियतनाम र बंगलादेशका बैंकले पनि यस्ता चुनौती व्यहोरेका थिए। स-सानो गल्तिमा त्यहाँका बैंकको सिष्टममा ह्याकर झिरेका थिए। त्यसैले यसमा थोरै मात्र हेलचेक्र्याइँ वा वेवास्ता पनि धेरै महङ्गो पर्न सक्छ। एनआइसी एसियाको सन्दर्भमा अहिलेसम्म समाचारमा आएका तथ्य अनुसार ‘जेन्युन युजर एकाउन्ट’बाट कसैलाई भुक्तानी दिनु भनेर स्विफ्ट मार्फत खाता रहेको विदेशी बैंकलाई आदेश दिइएको छ। यदि अनुसन्धानले यो साँचो रहेको पुष्टि गर्यो भने ह्याकरले युजर हाइडी र स्विफ्ट सर्भर दुबै ह्याक गर्न सफल भएको देखियो। स्विफ्ट जस्तो सम्बेदनशील सर्भरमा अरुको प्रवेश भनेको अत्यन्त गम्भिर बिषय हो। त्यसैले यसबाट अरु बैंकले पनि महत्वपुर्ण पाठ सिक्नु पर्छ।
आइटीको सन्दर्भमा बैंकहरुले आर्मीको जस्तो रणनीति अवलम्बन गर्न आवश्यक हुन्छ। आर्मीले सुरुमा इन्टिलिजेन्सको सूचना मार्फत जोखिम पत्ता लगाउँछ र सुरुमै सम्भावित आक्रमणलाई निस्तेज पार्छ। त्यति गर्दा पनि आक्रमण भएमा सुरुमा आत्मरक्षाको उपाय अबलम्बन गर्छ। केही नलागेर जवाफी हमलामा जानु पर्यो भने जनधनको क्षतिलाई कसरी न्यनु गर्ने भनेर सोच्छ। आइटी सुरक्षाको सन्दर्भमा बैंकहरुले पनि यो रणनीति अपनाए भने धेरै राम्रो हुनेछ।
हामीले आइटी चुनौतीलाई शुन्यमा झार्न सक्छौँ भन्ने हुँदै होइन। तर, यसलाई न्यूनिकरण गर्न भने अवश्य सकिन्छ। त्यसका लागि आइटीमा गर्ने लगानीलाई बाँध्न कोशिष गरिनु हुँदैन। बैंकहरुको लगानीको ‘पोर्सन’ नै मूख्य दुई क्षेत्रमा केन्द्रित हुनुपर्छ- एक सिष्टम र अर्को पिपुल ‘जनशक्ति’।
सुब्बा नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआई)का प्रमुख कार्यकारी अधिकृत हुन्।
The post बिज्ञ बस्नुपर्ने बोर्डमा प्रमोटर रहँदा बैंकमा आइटी जोखिम, एनबिआई सिइओ सुब्बाको विश्लेषण appeared first on BIZMANDU.
क्रेडिट कार्ड चलाउनु हुन्छ? यसरी प्रयोग गर्दा ब्याज पर्दैन, एनबिआइका सञ्जिव सुब्बाका ६ सुझाव
बैंकहरु सञ्चाल विस्तारसँगै यसले दिने सेवा पनि वढिरहेको छ। पछिल्लो समय बै्कबाट उदारो चलाउनेहरु पनि वढिरहेका छन्। सेवा विस्तारले बैंकहरुबाट ५५ हजार ५१९ वटा क्रेडिट कार्ड जारि भइसकेो छ। कतिले वाध्यताले कार्ड प्रयोग गरिरहेका छन् त कतिले फेसनका रुपमा पनि कार्ड प्रयोग गरिरहेका छन्। क्रेडिट कार्डलाई सही ढंगले प्रयोग गरे यसबाट राम्रै फाइदा उठाउन सकिन्छ।
१) अति आवश्यक वस्तु बाहेकमा क्रेडिट कार्डको प्रयोग नगर्नुस्।
२) सकेसम्म स्टेटमेन्टको अन्तिम दिन पुरै रकम भुक्तानी गर्दिनुहोस, जसले गर्दा तपाईलाई ब्याज नलागोस। क्रेडिट कार्डको ब्याज विश्वब्यापी रुपमै महँगो हुन्छ। खासमा यो अति जोखिमपूर्ण प्रोडक्ट भएकाले ब्याज महँगो पर्न जान्छ। यसको प्रोसेसिङ्ग खर्च पनि कारोबार लागतका कारणले महँगो हुन्छ। फेरी कुनै धितो नहुने भएकाले बैकका लागि यो जोखिमपूर्ण नै मानिन्छ। सबै क्रेडिट कार्ड प्रयोगकर्ताले समयमै पैसा तिरे भने बैंकले ब्याज आम्दानी गर्न पाउँदैन।
३) क्रेडिट कार्ड जति सहज छ त्यती नै यसले तपाईको वित्तीय हिसावकिताव गडवड गर्न सक्छ। वित्तीय अनुशासनमा बस्नका लागि पनि क्रेडिट कार्डको सहि र उचित प्रयोग गर्न जान्नु पर्छ।
४) साथिभाई, गर्लफ्रेन्ड अनि घर परिवारलाई धाक दिनका लागि क्रेडिट कार्ड प्रयोग नगर्नुस्। बिल तपाइले तिर्ने हो अरुले होईन।
५) नेपालको हकमा एउटा क्रेडिट कार्ड भए काफी हुन्छ। त्यसैले पाएँ भन्दैमा पर्सभरी कार्ड नबोक्नुस्। जति थोरै कार्ड भयो ब्यबस्थापन त्यती नै सहज हुन्छ।
६) घरायसी बजेट बनाएर गर्ने खर्चहरु सबै क्रेडिट कार्डबाट नै तिर्नुस । जस्तो भाटभटेनी, सेल्स्वेज, बिग मार्ट आदिमा गर्ने खर्चहरु। यसले तपाईको खर्च गर्ने बजेट बचत खातामा रहन्छ र थोरै भए पनि ब्याज आउँछ। क्रेडिट कार्ड प्रयोग गरे बापत रिवार्ड पोइण्ट आउन स्कछ (बैंक हेरेर) जुन तपाईले सामानसँग एक्सचेन्ज गर्न सक्नु हुन्छ।
(सुब्बा नेशनल बैकिङ इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत हुन्)
The post क्रेडिट कार्ड चलाउनु हुन्छ? यसरी प्रयोग गर्दा ब्याज पर्दैन, एनबिआइका सञ्जिव सुब्बाका ६ सुझाव appeared first on BIZMANDU.