BIZMANDU
www.bizmandu.com

फेवा फाइनान्स र विश्व विकास बैंक गाभिँदै, राष्ट्रियस्तरको विकास बैंक बन्ने, पुँजी ८१ करोड

२०७१ पुष ८

Tata
GBIME
Nepal Life

काठमाडौं । पोखरामा प्रधान कार्यालय रहेका विश्व विकास बैंक र फेवा फाइनान्स आपसमा गाभिएर राष्ट्रिय स्तरको विकास बैक बन्ने भएका छन् । छ । मर्जरका लागि दुई संस्थाले औपचारिक रुपमै सम्झौता गरेका छन् । 
 

सम्झौतापत्रमा विश्व विकासका अध्यक्ष जगनबहादुर गुरुङ र फेवा फाइनान्सका अध्यक्ष दिलबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।

मर्जरपछि गठन हुने संचालक समितिको अध्यक्षमा विश्व विकास बैकका गुरुङले नै निरन्तरता पाउने छन् । प्रमुख कार्यकारी अधिकृतमा भने फेवा फाइनान्स लिमिटेडका रेशमबहादुर थापाले निरन्तरता पाउने छन् । 
 

२०७१ असोज मसान्तको वित्तीय विवरण अनुसार, दुवै संस्थाको चुक्ता पुँजी ८१ करोड (प्रस्तावित वोनस सेयर समायोजन गर्दा), निक्षेप ८ अर्ब र कर्जा करिब ७ अर्ब पुग्ने छ । शाखा सञ्जाल ३० र एटिएम १६ वटा पुग्ने छ ।