सवारी साधन सम्वन्धी मेला ‘नाडा अटो सो–२०६९’ आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । सवारी साधनको बिक्री बढाउन यो मेला गर्न लागिएको हो । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन(नाडा)को आयोजनामा हुने मेलामा सवारी साधन, बैक, फाइनान्स, सवारी साधनका सामान राखिनेछ । मेलामा एक सयभन्द्या बढी स्टल छन् ।
अर्थमन्त्रीको ट्रायल : नेपालसहित भारत, चीन अमेरिका, कोरिया, जर्मनी, चेक गणतन्त्र, मलेसिया, ताइवान जापान लगायतका मुलुकका उत्पादन राखिनेछ । मेलाको अवसर पारेर विभिन्न गाडी आयातकर्ताले आर्कषक छुट दिनेछ । मेलाको उद्घाटन अर्थमन्त्री वर्षमान पुनले गरेका हुन् ।
टाटाको भन्डारमा छुट : नाडा अटो सोमा टाटाले फाइदाको भन्डार भन्दै छुट दिएको छ । टाटाको सफारी गाडी भिएक्स, इएक्स र एलएक्समा क्रमश ३ लाख ४८, २ लाख ४८ हजार र १ लाख ९८ हजारसम्मको यसमा प्रयोग हुने सामान र सवारी करमा छुट दिएको छ । टाटाको आरियामा ३ लाख ४८ हजार, ग्रान्डीमा २ लाख ८ हजार, भियस्टा सेडान क्लासमा १ लाख ९८ हजार, सुमोमा १ लाख ८९ हजार, मान्जामा १ लाख ८८ हजार, इन्डिका भी–२मा १ लाख २३ हजार, इन्डियो सीएस १ लाख ८८ रुपैयाँको सामान र सवारी करमा छुट दिएको छ । सबैभन्दा सस्तो कार नानोमा शुन्यदरको फाइनान्स सुविधा छ ।
मिडिल क्लासको मन : मेलामा सबैभन्दा बढी आर्कषण मध्यमवर्गीय नेपाली परिवारको छ । मध्यमवर्गीय परिवारलाई ध्यानमा राख्दै अधिकांश कम्पनीले कम मूल्यका गाडीलाई बढी प्राथमिकता दिएर बजारीकरण गरिरहेका छन् ।
नायकको एबीसी : एबीसी अर्थात एक्सिलेटर, ब्रेक, क्लच । मेलामा सेलिबे्रटीदेखि नेतासम्म, व्यापारीदेखि उद्योगीसम्म झुम्मिएका छन् । मेलाकै लागि विभिन्न कम्पनीले विभिन्न अफर पनि ल्याएका छन् । जस्तो मेलाकै अघिल्लो दिन निसानको नयाँ सन्नी बजारमा आएको थियो । निसानको नेपालको आधिकारिक बिक्रेता दुगड ब्रर्दश एन्ड सन्सले नेपाली बजारमा नयाँ सन्नी मोडेल कार बजारमा ल्याएको हो । निसानको नयाँ सन्नी भारतमा निर्मित सेडान समूहको कार हो । यो पुरानो सन्नीको तुलनामा भित्री र वाहिरी भाग आर्कषक छ ।
डिजायर बढाउँदै मारुती : मारुती सुजुकीको नेपालको आधिकारिक बिक्रेता अरुण इन्टरकन्टिनेन्टलले दुई नयाँ गाडी बजारमा ल्याएको छ । कम्पनीले मल्टियुटिलिटी भेहिकल(एमयुभी) अर्टिगा र डिजायरको नयाँ मोडेल बजारमा ल्याएको छ । अर्टिगाको मूल्य २८ लाख रूपैयाँ छ भने डिजायरको मूल्य २६ लाख रूपैयाँ छ । अर्टिगा ट्राभल एजेन्सि र होटल व्यवसायीलाइ उत्कृष्ट हुने कम्पनीको दावी छ भने डिजायर सहरी क्षेत्रमा उपयुक्त हुने कम्पनीको दावी छ ।
हुण्डाईको दवदवा : बजारमा समेत दवादवा बनाएको हुण्डाईले मेलामा पनि आफ्नो दवदवा कायम राखेको छ । नेपालमा हुण्डाइका एक दर्जन मोडलका गाडी विक्री हुन्छन् । मेलामा भेर्ना फुलुडिकले जादु छरेको छ । हुण्डाइको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाईका गाडीहरु १४ लाख रुपैयाँदेखि ८४ लाख रुपैयाँसम्म विक्री गर्दछ । नेपालमा हुण्डाइको बजार हिस्सा ३० प्रतिशतभन्दा माथि छ ।
बतासको फियाट : वतास अर्गनाइजेसन अन्तर्गतको ईस्टर्न मोटर्स प्रालिले युरो–३ मापदण्डको गाडीहरु बजारमा ल्याएको छ । नेपाल सरकारद्वारा हालै कानुन परिमार्जन गरी अनिवार्य गरिएका युरो–३ मापदण्डका बस तथा ट्रकहरु यथेष्ट मात्रामा रहेको कम्पनीले जनाएको छ । कम्पनीले फियाट ब्राण्डका गाडीहरु समेत विक्री गर्दछ । फियाटले ग्रान्दे, पुन्टो र फियाट लिनिया पनि प्रदर्शनीमा राखेको छ । यी गाडीहरु साढे २३ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म पर्दछ ।