BIZMANDU
www.bizmandu.com

स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा प्रियराज निर्वाचित, महासचिवमा नितेश, दुई वर्षे कार्यकाल

२०७१ पुष ५

स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा प्रियराज निर्वाचित, महासचिवमा नितेश, दुई वर्षे कार्यकाल
स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा प्रियराज निर्वाचित, महासचिवमा नितेश, दुई वर्षे कार्यकाल

काठमाडौं। स्टक ब्रोकर एशोसिएसन अफ नेपालको अध्यक्षमा प्रियराज रेग्मी निर्वाचित भएका छन्। शनिवार भएको निर्वाचनले नयाँ कार्यसमिति छनौट गरेको हो। रेग्मी यस अघि एशोसिएसनको उपाध्यक्ष थिए। उनी क्रिष्टल कञ्चनजंगा सेक्युरिटिज प्रालिका प्रबन्ध निर्देशक हुन् ।

Tata
GBIME
Nepal Life


एशोसिएसनको उपाध्यक्षमा सरिता अधिकारी, महासचिवमा नितेश कुमार अग्रवाल, सचिवमा दिनेशराज सापकोटा र कोषाध्यक्षमा रामकृष्ण तिवारी निर्वात भएका हुन्।

कार्यसमितिका सदस्यहरुमा सन्दिप जलान, विनयभक्त श्रेष्ठ, अनन्तकुमार पौडेल, रामचन्द्र भट्टराई र भक्तिराम घिमिरे निर्वाचित भएको जानकारी एशोसिएसनले दिएको छ। नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्ष हुनेछ।

एशोसिएसनको साधारण सभा शुक्रबार भएको थियो। हाल एशोसिएसनमा ५० सदस्य छन्।