BIZMANDU
www.bizmandu.com

गरिवी निवारण र कृषि कार्यक्रमलाई पुरक बनाउन आग्रह, कृषि मन्त्री र विश्व बैंकका प्रतिनिधिबीच भेट

२०७१ पुष ५

काठमाडौं। कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले गरिवी निवारण र कृषि विकासका कार्यक्रमलाई एक अर्काका पुरक बनाएर अघि बढाउन विश्व बैंकका अधिकारीसँग आग्रह गरेका छन्। मन्त्री पराजुलीले नेपालका लागि विश्व बैंकका कन्ट्रि म्यानेजर टाकुया कामाटासँग भएको भेटमा यस्तो आग्रह गरेका हुन्।

मन्त्री पराजुलीले कृषि क्षेत्रको समग्र विकासका लागि विश्व बैंकले गरिबी निवारण कार्यक्रमलाई कृषिसँगै जोडेर लैजानु पर्ने सुझाव दिएका हुन्। उनले भविष्यमा दातृ निकायबाट प्राप्त आर्थिक सहयोग एउटै बास्केटमा राखेर सरकारले आवश्यकता अनुसार प्रयोग गर्ने बताए। विश्व बैंकले नेपालको कृषि क्षेत्रमा गरेको सहयोगले नेपालीको जीवनस्तर उकास्नमा सहयोग पुगेको बताए।

Tata
GBIME
Nepal Life

कन्ट्रि म्यानेजर टाकुयाले कृषि क्षेत्रमा बैंकको सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गरे। भविष्यमा आयोजना डिजाइन गर्दा कृषि विकास र गरिवी निवारणलाई एक आपसमा जोड्ने विषयमा ध्यान दिनुपर्ने बताए।
 
भेटवार्ताका क्रममा मन्त्री पराजुली तथा कन्ट्रि मेनेजर ताकुयाले कृषि विकास मन्त्रालयले सञ्चालनमा ल्याएको व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले प्राप्त गरेको सफलताको प्रशंसा गरेका थिए। सन् २००९ देखि सञ्चालनमा ल्याएको आयोजनाबाट हालसम्ममा ६५ हजारभन्दा बढी मानिस लाभान्वित भएका छन्।