BIZMANDU
www.bizmandu.com

सेञ्चुरी बैंकको लगानीकर्तालाई पहिलो लाभांस, छ प्रतिशत बोनस, साढे तीन प्रतिशत नगद प्रस्ताव

२०७१ मंसिर २६

काठमाडौं। सेञ्चुरी बैंक लिमिटेडले साढे नौं प्रतिसत लाभांस दिने भएको छ। बैंकको विहीबार बसेको सञ्चालक समितिको बैंकले ६ प्रतिसत बोनस सेयर र ३.४७ प्रतिसत नगद लाभांस दिने निर्णय गरेको छ।

आर्थिक वर्ष २०७०/७१ मा यस बैंकले १० करोड ४५ लाख सञ्चालन नाफा आर्जन गरेको थियो। गत वर्ष बैंकले साधारण सेयर निष्काशन गरेको हो। लगानीकर्ताले पहिलो वर्ष नै बोनस सेयर पाउन लागेका छन्।

Tata
GBIME
Nepal Life

हाल बैंकमा २३ अर्व निक्षेप जम्मा भएको छ भने १९ अर्ब ७० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। २०६७ सालबाट सञ्चालनमा आएको यो बैंकले मुलकभर ३१ वटा शाखा, २४ वटा एटिएम, नौं वटा शाखारहित बैंकिङ्ग र एउटा एक्सटेन्सन् काउन्टरबाट उपभोक्तालाई सेवा दिइरहेको छ।