BIZMANDU
www.bizmandu.com

कलर्स माेवाइलको पर्ल ब्ल्याक सिरिजका स्मार्ट फोन, पाँच इन्चको स्क्रिन, मुल्य १६ हजार चार सय

२०७१ पुष ३

काठमाडौं। कलर्स मोवाईलले अत्याधुनिक मोडलका स्मार्ट फोनसेट नेपालको बजारमा ल्याएको छ।  थि्र जी नेटवर्क सपोर्ट गर्ने पर्ल ब्ल्याक सिरिजका मोवाईल सेट बजारमा ल्याएको केही समयमै थप अत्याधुनिक स्मार्ट फोन पनि बजारमा ल्याएको टेलिटक प्राईभेट लिमिटेडले जनाएको छ।

Tata
GBIME
Nepal Life

अत्याधुनिक प्रविधिमा आधारित पर्ल ब्ल्याक सिरिजका यी स्मार्ट फोन दुई मोडलमा उपलब्ध छन्। पर्ल ब्लाक के१५ रक र पर्ल ब्लाक के३३ फ्याब नामका यी स्मार्ट फोन मध्ये पर्ल ब्लाक के १५ सार्वजनिक भइसकेकोे छ भने अर्को सेट चाँडै बजारमा आउने जानकारी दिइएको छ।

मनै लोभ्याउने डिजाइन र उत्कृष्ट फङसन गर्न सक्ने क्षमता भएको यो सेटलाई विश्वास गर्न एकपटक चलाउनै पर्ने कम्पनीको दावी रहेको छ। यसमा भएको ओएस, तल्काल प्रतिक्रिया देखाउन सक्ने स्क्रिन, अडियो–भिडियो सिस्टम  र अत्याधिक टिकाउ ब्याटि्रका कारण यी दुबै मोडलका मोवाइल सेटले अपेक्षा गरेभन्दा पनि राम्रो पर्फमेन्स दिने कम्पनीले जनाएको छ।

प्रविधिको भरपुर फाईदा उठाउन सक्ने र स्मार्ट फोनसँग परिचित युवामाझ यी मोडलका सेटहरु बढि उपयोगि हुने देखिएको छ। पर्ल ब्लाक के १५ रक नामक सेटमा यामाहा स्पिकर्स जडान गरिएको हुँदा सङ्गित प्रेमीहरुका लागि बहुउपयोगी हुनेछ। मेटालिक फ्रेम भएको यसको आन्तरिक सिस्टम ४.४ ओएस किटक्याट प्रविधि र १.३ गिगाहर्ज क्वाड कोर प्रोसेसर छ।

अल्ट्रा स्लिम यो मोवाईलमा पाँच ईन्चको क्युएचडि ओनिएसको लेमिनेसन गरिएको स्क्रिन छ। १३ मेगा पिक्सलको क्यामेरा र दुई मेगा पिक्सलको फ्रन्ट क्यामेरा यो मोवाईलमा एक जिबी र्‍याम, चार जिबी मेमोरी र २२५० एमएएच ब्याट्री जडान गरिएको छ। यो फोनको बजार मुल्य १६ हजार चार सय ९५ रुपैयाँ तोकिएको छ।