BIZMANDU
www.bizmandu.com

नेप्से तीन अंकले बढ्यो, कारोबार रकम घट्दोक्रममा, कुनैपनि कम्पनिको कारोबार करोड पुगेन

२०७१ पुष ३

नेप्से तीन अंकले बढ्यो, कारोबार रकम घट्दोक्रममा, कुनैपनि कम्पनिको कारोबार करोड पुगेन
नेप्से तीन अंकले बढ्यो, कारोबार रकम घट्दोक्रममा, कुनैपनि कम्पनिको कारोबार करोड पुगेन

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा तीन अंकले सुध्रिएपनि कारोबार रकम भने घटेको छ । होटल, इन्स्योरेन्स र बैंकले बजार बढाएका हुन् ।

Tata
GBIME
Nepal Life

कारोबार सुरु हुँदा बजार घटेपनि साँढे एक बजेदेखि परिसूचक विस्तारै उकालो लागेको हो । बजार बन्दहुँदा नेप्से तीन दशमलव ४९ अंकले बढेर नौसय तीन दशमलव ८९ अंकमा पुगेको छ।

कारोबार रकम भने ‍औसत भन्दा पनि कम भयो । १४ करोड ६४ लाख ४४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो । दिनभरमा कुनैपनि कम्पनीको कारोबार रकम एक करोड रुपैयाँसम्म पनि पुगेन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआइसी)को ६९ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

मंगलबार र बुधबार लगातार ओरालो लागेको नेप्सेमा विहीबार भने करेक्सन देखियो। विहीबार जलविद्युत र अन्य समूहबाहेक अरु सबै क्षेत्रमा सुधार देखिएको छ। सबैभन्दा धेरै होटल समूहमा सुधार देखिएको छ। यो समूहको परिसूचक ३३ अंकले बढेको छ। यस्तै बीमामा पनि २९ अंकको सुधार देखिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

यस्तै बैंकिङ, विकास बैंक, वित्त कम्पनी तथा उत्पादन क्षेत्रको सूचक पनि बढेको छ। विहीबार जलविद्युत समूहको सूचकमा आठ दशमलव ८९ अंकको गिरावट देखियो भने 'अन्य' समूहमा पनि एक अंकको गिरावट देखियो।

विहीबार स्कटक एक्सचेन्जमा १४ करोड ६४ लाख ४४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो। विहीबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआइसी)को सेयर किनबेच भएको छ। एनएलआइसीको मात्रै ६९ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

यस्तै चिलिमे हाइड्रो पावर, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक, स्वावलम्बन विकास बैंक पनि धेरै कारोबार हुने कम्पनीको सूचीमा अग्रस्थानमा रहे।
नबिल बैक, नागबेली लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्स,  नेरुडे लघुवित्त, शिखर इन्स्योरेन्सलगायतका सस्थाका लगानीकर्ताले कमाएका छन् ।