BIZMANDU
www.bizmandu.com

अमेरिकामा नोभेम्बरमा मात्रै तीनलाख २१ हजार रोजगारी थप, बेरोजगारी दर भने अझै ५.८ प्रतिशत

२०७१ पुष ३

अमेरिकामा नोभेम्बरमा मात्रै तीनलाख २१ हजार रोजगारी थप, बेरोजगारी दर भने अझै ५.८ प्रतिशत
अमेरिकामा नोभेम्बरमा मात्रै तीनलाख २१ हजार रोजगारी थप, बेरोजगारी दर भने अझै ५.८ प्रतिशत

काठमाडौं। अमेरिकामा गएको नोभेम्बरमा तीनलाख २१ हजार नयाँ रोजगारी थपिएको छ। नयाँ रोजगारी थपिए पनि अमेरिकी बेरोजगारी दर भने अझै पनि ५.८ प्रतिशत रहेको अमेरिकी श्रम विभागले जनाएको छ।

Tata
GBIME
Nepal Life

अमेरिकी विश्लेषकहरुले यो महिनामा दुईलाख २५ हजार नयाँ रोजगारी थपिने अपेक्षा गरे पनि अवस्था भने त्यस्तो नरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। अमेरिकामा यसअघिका १० महिनामा मासिक औषत दुई लाख ४१ हजारको संख्यामा रोजगारी थपिएको छ।

विभागका अनुसार गएको सेप्टेम्बर र अर्कोटबरमा मात्रै सरकारी क्षेत्रमा ४४ हजार नयाँ रोजगारी थपिएको छ। विश्लेषकहरुले अमेरिकी अर्थतन्त्र कमजोर हुने प्रक्षेपणका बाबजुद पनि रोजगारी भने थपिँदै गएको बताएका छन्।

अमेरिकी कम्पनीले जाडो बिदामा थप अस्थायी कर्मचारीलाई जागिर दिने भएकाले त्यो समयमा रोजगारी पाउनेको संख्या पनि बढ्ने प्रक्षेपण उनीहरुको छ।

अमेरिकी अर्थतन्त्र जर्मनी, चीन तथा जापानसँगको निर्यात व्यापारमा भन्दा पनि आन्तरिक बजारमा हुने उपभोक्ता खर्चमा बढि निर्भर हुने पनि उनीहरुको ठम्याइ छ।

अमेरिकी नेशनल रिटेल फेडेरेसनले यो वर्षको जाडोमा अस्थायी कर्मचारी नियुक्ती चार प्रतिशत हुने जनाएको छ।