BIZMANDU
www.bizmandu.com

आरएमडीसीकाे साधारण सभा पुस २८ गते, १० प्रतिसत बोनस र २१ प्रतिसत लाभांस दिने प्रस्ताव

२०७१ पुष ३

काठमाडौं। रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर (आरएमडिसी)ले पुस २८ गतेलाई साधारण सभा बोलाएको छ। सर्वसाधारणमा सेयर जारी गरेपछिको यो दोस्रो बार्षिक साधारण सभा हो।

Tata
GBIME
Nepal Life

साधारण सभामा लगानीकर्तालाई १० प्रतिसत बोनस सेयर र २१.५८ प्रतिसत नगद लाभांस दिने प्रस्ताव पेश हुँदैछ। आरएमडिसीको सञ्चालक समिति र नेपाल राष्ट्र बैंकबाट यो प्रस्ताव स्वीकृत भइसकेको छ।

आरएमडीसीले लघुवित्त सस्थाहरुलाई थोकमा कर्जा उपलब्ध गराउँदै आएको छ। यो सस्थामा नेपाल राष्ट्र बैंक र बाणिज्य बैंकहरुको पनि लगानी छ।
बैंकले प्रस्ताव गरे अनुसार लगानीकर्तालाई ५२ करोड रुपैयाँ नगद लाभांस र पाँच करोड २० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण हुनेछ। नगद लाभांस र बोनसमा लाग्ने कर ११ लाख २२ हजार रुपैयाँ पनि सस्थाले व्यहोर्ने छ।