BIZMANDU
www.bizmandu.com

स्ट्याण्डर्ड चार्टर्डले लेकसाइड शाखाको भवन बेच्यो, पोखराको सबै कारोबार न्युरोड शाखाबाट गर्ने

२०७१ पुष २

स्ट्याण्डर्ड चार्टर्डले लेकसाइड शाखाको भवन बेच्यो, पोखराको सबै कारोबार न्युरोड शाखाबाट गर्ने
स्ट्याण्डर्ड चार्टर्डले लेकसाइड शाखाको भवन बेच्यो, पोखराको सबै कारोबार न्युरोड शाखाबाट गर्ने

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले पोखराको लेकसाइड शाखा भएको भवन विक्री गरेको छ । बैंकले गत वर्ष नै लेकसाइड शाखालाई न्युरोडमा गाभ्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार बैंकले लेकसाइड शाखा बन्द गरेर न्युरोडमा सार्न लागेको हो ।

बैंकले माघ ५ गतेदेखि लेकसाइडको शाखा बन्द गरेर न्युरोडमा सार्ने भएको हो । लेकसाइडका सबै खाताको काम न्युरोडबाट हुने जानकारी पनि बैंकले दिएको छ ।

Tata
GBIME
Nepal Life

‘लेकसाइड शाखाबाट दिइदै आएको सबै सुविधा अब न्युरोडबाट दिन्छौं, बैंकका कर्पोरेट अफियर्स प्रमुख दिवाकर पौडेलले भने, ग्राहकलाई अनलाइन बैंकिङ, एटिएम सेवा जस्ता सुविधा दिने भएकोले लेकसाइडमा शाखा नै राखिरहनु आवश्यक देखिएन ।’ नेपालमा सबैभन्दा धेरै विदेशी मुद्राको कारोबार गर्ने बैंकमा यो पर्छ ।  

बैंकले पहिले पर्यटकलाई लक्षित गर्दै लेकसाइडमा शाखा स्थापना गरेको थियो । अहिले अधिकांस पर्यटकले कार्ड प्रयोग गर्छन । बैंकमा गएर लाइन लाग्ने र नगद झिक्ने प्रचलन घटेको छ । दुई वटा एटिएम मेशिन लेकसाइडमै रहेको र ती मेशिनले पर्यटक र अन्य ग्राहकलाई सेवा पुग्ने विश्वास बैंकको छ ।

बैंकमै गएर काम गर्नुपर्ने अवस्था आए न्युरोड शाखामा सेवाग्राही जानसक्ने भएकोले पनि लेकसाइडको शाखा आवश्यक नभएको बैंकको विश्लेषण थियो । बैंकले पोखराका स्थानीय व्यवसायीलाई भवन विक्री गरेको हो । लेकसाइडमा अधिकांस रेष्टुरेण्ट र क्युरियो पसल छन् ।

‘लेकसाइडमा बैंकको शाखा खोल्दा पहिले जुन भ्यालु थियो, त्यो अहिले छैन, पौडेलले भने, अहिले ग्राहकहरु टेक्नोलोजी बढी प्रयोग गर्छन्, बैंकमा गएर उपस्थित भइरहनु आवश्यक छैन, त्यसैले पोखरामा एउटा शाखा पर्याप्त हुन्छ ।’