BIZMANDU
www.bizmandu.com

एनआईसी एशिया फाउण्डेसनले दियो बालगृहलाई दुईलाख सहयोग, एनआइसी एशिया बैंकको सामाजिक काम

२०७१ पुष १

एनआईसी एशिया फाउण्डेसनले दियो बालगृहलाई दुईलाख सहयोग, एनआइसी एशिया बैंकको सामाजिक काम
एनआईसी एशिया फाउण्डेसनले दियो बालगृहलाई दुईलाख सहयोग, एनआइसी एशिया बैंकको सामाजिक काम

काडमाडौं। एनआईसी एशिया बैंक अन्तर्गतको एनआईसी एशिया फाउन्डेशनले मोरङको उर्लावारीमा रहेको नमुना बालगृहलाई दुई लाख चार हजार रुपैयाँ बराबरको सहयोग गरेको छ।

फाउण्डेसनले २०६७ साल देखि यो सस्थालाई खाद्यपदार्थ सहयोग गरेको छ। फाउण्डेसनले स्वास्थ्य र शिक्षाको क्षेत्रमा केन्द्रित रहेर विभिन्न सस्थालाई सहयोग गर्दै आएको छ। एनआईसी फाउन्डेशन समुदायमा सकारात्मक परिवर्तन ल्याउने काममा सहयोग गर्दै आएको जानकारी बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Tata
GBIME
Nepal Life

स्वास्थ्य र शिक्षाको क्षेत्रमा केन्द्रित रही संस्थाले अनाथ तथा अशक्त बालबालिकाहरुका लागि छात्रवृत्ति, निशुल्क स्वास्थ्य परीक्षण, रक्तदान, वृद्ध आश्रम र अनाथ आश्रमलाई आवश्यक सहयोग उपलब्ध गराउँदै आएको जानकारी पनि दिइएको छ। अन्य सघंसस्ंथा तथा व्यक्तिहरुलाई पनि सामाजिक सेवामा योगदान गर्न प्रोत्साहन मिल्ने विश्वास एनआईसी फाउन्डेशनको छ।