BIZMANDU
www.bizmandu.com

सुन तोलामा साढे दुई सय सस्तो, मूल्य ६० हजार ६५०, कच्चा तेलको मूल्य उच्च

२०६९ असोज २

सुन तोलामा साढे दुई सय सस्तो, मूल्य ६० हजार ६५०, कच्चा तेलको मूल्य उच्च
सुन तोलामा साढे दुई सय सस्तो, मूल्य ६० हजार ६५०, कच्चा तेलको मूल्य उच्च

काठमाडौं । मंगलवार सुन साढे दुई सय रुपैयाँले सस्तो भएको छ । आइतवार सुन पाँच सय रुपैयाँ र सोमवार चार सय रुपैयाँले सस्तो भएको थियो । अन्तराष्ट्रिय बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ भने डलरको तुलनामा नेपाली मुद्रा बलियो भएपछि त्यसको असर समेत सुनको मूल्यमा परेको छ ।
मंगलवारका लागि नेपाल सुन चाँदी व्यवसायी संघले छापावाल सुन प्रतितोला ६० हजार ६५० रुपैयाँ तोकेको छ भने तेजावी सुन ६० हजार चार सय रुपैयाँ तोकेको छ । मंगलवार चाँदी पनि पाँच रुपैयाँले सस्तो भएर प्रतितोला १२ सय रुपैयाँमा कारोवार भएको छ ।
उता अमेरिकाको सुधार प्याकेजले सोमबार कच्चा तेलको मूल्य चार महिनाकै उच्च विन्दुमा पुगेको छ । अमेरिकाको केन्द्रीय बैंकले अर्थतन्त्र उकास्न ल्याएको सुधार प्याकेजले तेलको मूल्य आकासिएको हो । नोभेम्बरका लागि ब्रेन्ट कच्चा तेल प्रतिब्यारल मूल्य १ सय १६ डलर ९२ सेन्टमा कारोबार भएको छ ।
केन्द्रीय बैंकले विहिवार अर्थतन्त्र उकास्न ४० अर्ब डलर लगानी गर्दैछ । यो निर्णयले अमेरिकी कच्चा तेलको मूल्य एक सेन्टले बढेर ९९ डलर एक सेन्टमा कायम भएको छ । अमेरिकी सुधार प्याकेजले अर्थतन्त्रमा सुधार हुने अपेक्षा गरेपनि तेलको मूल्य थप समस्या ल्याउने विश्लेषकहरुको भनाई छ ।

Tata
GBIME
Nepal Life