BIZMANDU
www.bizmandu.com

एनआइबिएल म्युचुअल फण्डमा तीन गुणा बढी आवेदन, ठूला लगानीकर्ताले मागको ४० प्रतिसत पाउने

२०७१ मंसिर २४

एनआइबिएल म्युचुअल फण्डमा तीन गुणा बढी आवेदन, ठूला लगानीकर्ताले मागको ४० प्रतिसत पाउने
एनआइबिएल म्युचुअल फण्डमा तीन गुणा बढी आवेदन, ठूला लगानीकर्ताले मागको ४० प्रतिसत पाउने


काठमाडौं। एनआइबिएल क्यापिटलले निष्काशन गरेको एनआइबीएल सम्वृद्धि फण्ड–१ मा तीन गुणा बढी आवेदन परेको छ। बुधबार विहानसम्म प्राप्त तथ्यांक अनुसार यो फण्डमा करिब दुई अर्ब सात करोड रुपैयाँको आवेदन परेको जानकारी दिइएको छ।

Tata
GBIME
Nepal Life

करिव नाैं हजार अावेदन प्राप्त भएको जानकारी कम्पनीले दिएको छ । एनआइबीएल सम्वृद्धि फण्ड  ८० करोड रुपैयाँको योजना हो । बढी माग भए कम्पनीले यसलाई २५ प्रतिसत बढाउन सक्छ ।

एनआइबीएल सम्वृद्धि फण्ड–१ को गत बुधवारदेखि गत आइतबारसम्म प्राथमिक निष्कासन गरिएको थियो । एनआइबीएल सम्वृद्धि फण्ड–१ को व्यवस्थापन नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआइबीएल क्यापिटल गर्नेछ।
 
ुप्रारम्भिक तथ्यांक अनुसार तीन गुणा बढी आवेदन परेको देखिन्छ, एनआइबीएल क्यापिटलका महाप्रबन्धक मेख बहादुर थापाले भने, सबै तथ्यांक आइसकेपछि यकिन रकम भन्न सकिन्छ ।ु यस योजनाको मुल्य प्रति इकाइ १० रुपैयाँ हो ।
अहिलेसम्मको तथ्यांक अनुसार ५० हजार रुपैयाँसम्मको आवेदन गर्नेले पुरै र त्यसभन्दा बढीको आवेदन गर्नेले ४० प्रतिसत सेयर पाउने संभावना छ । सम्वृद्धि फण्डको बाटफाँड गर्न एक महिना लाग्ने जानकारी पनि महाप्रबन्धक थापाले दिए ।
लगानीकर्ताले योजनामा न्युनतम एक सयदेखि ८० लाख इकाइसम्मको लागि आवेदन दिन सक्ने व्यवस्था थियो । योजनाको परिपक्व हुने अवधि सात बर्षको छ। एनआर्इबिएलको सामूहिक लगानी कोष अन्तगर्तको  यो पहिलो योजना हो ।  योजनाले बार्षिक १५ देखि २० प्रतिशत प्रतिफल आर्जन गर्ने प्रक्षेपण रहेको छ।  योजनाको रकम सेयर, सेयरमा आधारित वित्तीय उपकरण, मुद्दती निक्षेपमा लगानी गरिने छ।