BIZMANDU
www.bizmandu.com

रोजगार व्यवसायीमा विवाद, असन्तुष्ट समूहले दियो अविश्वास प्रस्तावको चेतावनी

२०६९ असोज २

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नयाँ नेतृत्व आएको पाँच महिना नबित्दै विवाद सुरु भएको छ । संघका बहुमत सदस्यहरुले अध्यक्ष बलबहादुर तामाङले एकलौटी संस्थालाई चलाउन खोजेको आरोप लगाएका छन् । असन्तुष्ट समूहले सोमबार लाजिम्पाटमा रहेको संघको कार्यालयमै अध्यक्ष तामाङले व्यवसायीको पक्षमा काम नगरेर अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिए ।
अध्यक्षले एक्लै संस्था हाक्न खोज्नुभयो । व्यवसायीको हितमा भन्दा आफ्नो हितमा काम गर्न थाल्नुभएकोले हामीले औपचारिक रुपमा असन्तुष्टी जनाएका हौ, संघका द्वितिय उपाध्यक्ष कुमुद खनालले भने, हामीले पहिला उहाँलाई सच्चिन आग्रह गर्छौ । नसच्चिए व्यवसायीको हितको लागि अविश्वासको प्रस्ताव समेत ल्याउनुपर्ने हुनसक्छ ।
उनका अनुसार अध्यक्ष तामाङले व्यवसायीको कुनै समस्या आउनेवितिकै नक्कली सम्झौता भएको भन्दै उल्टै व्यवसायीलाई नराम्रो देखाउने गरेका छन् । व्यवसायीको मतबाट निर्वाचित भएका अध्यक्षले सरकारको जस्तो बोली बोल्न थाल्नुभयो, उनले भने, यसले संस्थागत व्यवसायीलाई कामदार पठाउनै नसक्ने परिस्थिती सिर्जना भयो । व्यवसायीका अनुसार तामाङले म्यानपावर व्यवसायीले गर्ने गलत कामलाई नियन्त्रण गर्न वैदेशिक रोजगार विभागका पूर्णचन्द्र भट्टराईसँग मिलेर काम गर्न थाले ।
जुन जुन व्यवसायी गलत छन् उनीहरुले गरिरहेका गैरकानुनी कामका बारेमा भट्टराईलाई सूचना दिन थाले, ती व्यवसायीले भने, यसले तामाङको विरुद्धमा महौल तयार भयो ।
अध्यक्ष तामाङ गलत कामलाई रोक्न खोज्दा आफुमाथि आक्रमण भएको बताउँछन् । व्यक्तिगत कामदारलाई निरुत्साहित गरेर संस्थागत रुपमा कामदार पठाउन थाले । यसले दीर्घकालिन रुपमा व्यवसायीलाई फाइदा पुग्छ, उनले भने, संस्थागत रुपमा कामदार पठाउनेले भबिष्यमा मेरो कामको बारेमा बुझ्नेछन् ।

Tata
GBIME
Zonsen