BIZMANDU
www.bizmandu.com

सुन तोलामा चार सय रुपैयाँ सस्तो भयो, प्रतितोला ६१ हजार रुपैयाँ तल

२०६९ असोज १

काठमाडौं ।  सोमवार सुन तोलमा चार सय रुपैयाँले घटेर कारोवार भएको छ । नेपाल सुन चाँदी व्यवसायी संघले सोमवारको लागि छापावाला सुन प्रति तोलाको ६० हजार नौ सय रुपैया तोकेको छ । आइतवार सुन तोलामा पाँच सय रुपैया घटेर प्रति तोला ६१ हजार तीन सय रुपैयामा कारोवार भएको थियो ।
पछिल्ला केहि सातादेखि लगातार उकालो लागेर नया रेकर्ड कायम गर्दै आएको सुनको मुल्य यो साता भने ओरालोे लागिरहेको छ । सोमवार चाँदीको मुल्य प्रति तोलामा एघार रुपैयाले घटेर कारोवार भएको छ । आइतवार चाँदी प्रति तोलाको १२ सय १५ रुपैयामा कारोवार भएको थियो ।

Tata
GBIME
Nepal Life