BIZMANDU
www.bizmandu.com

नाफा घटेपनि एक्सेलको लाभांस बढ्यो, ३० प्रतिशत सेयर १० प्रतिशत नगद

२०६९ असोज १

काठमाडौं । एक्सेल विकास बैंकले लगानीकर्तालाई ३० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांसको प्रस्ताव गरेको छ । कम्पनीको शनिवार बसेको सञ्चालक समितिको बैठकले लाभांस प्रस्ताव गरेको हो । लाभांस राष्ट्र बैंकको स्वीकृती र साधारणसभाको अनुमोदनपछि मात्रै वितरण हुनेछ ।
झापाको विर्तामोडमा केन्द्रिय कार्यालय भएको एक्सेलले गतवर्ष पनि लगानीकर्तालाई २५ प्रतिशत नगद लाभांस दिएको थियो । बैंकले अघिल्लो वर्ष तीन करोड ५६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो भने त्यसअघिल्लो वर्ष बैंकको मुनाफा तीन करोड ९७ लाख रुपैयाँ थियो । बैंकको नेपाल स्टकमा अन्तिम कारोवार प्रतिकित्ता २९१ रुपैयाँमा भएको थियो ।

Tata
GBIME
Nepal Life