BIZMANDU
www.bizmandu.com

डलरसँग रूपैयाँ सोमवार ९० पैसाले अधिमूल्यन पाँच महिनापछि ८६.३० पैसामा कारोवार

२०६९ असोज १

डलरसँग रूपैयाँ सोमवार ९० पैसाले अधिमूल्यन पाँच महिनापछि ८६.३० पैसामा कारोवार
डलरसँग रूपैयाँ सोमवार ९० पैसाले अधिमूल्यन पाँच महिनापछि ८६.३० पैसामा कारोवार

काठमाडौं ।  डलरको तुलनामा नेपाली मुद्रा आइतवार ९० पैसाले बलियो भएको छ । शुक्रवार पनि नेपाली मुद्रा झण्डै दुई रुपैयाँले बलियो भएको थियो । भारतीय मुद्रा बलियो बन्दै गएपछि नेपाली मुद्रा पनि बलियो बनेको हो । सोमवारका लागि राष्ट्र बैंकले एक डलरसँग नेपाली रुपैयाँको सटहीदर ८७ रुपैयाँ १९ पैसा तोकेको छ ।
तर बाणिज्य बैंकहरुले राष्ट्र बैंकले तोकेभन्दा झण्डै एक रुपैयाँ कमसम्म डलर विक्री गरिरहेका छन् । सोमवारको पहिलो सत्रमा नेपाल इन्भेष्टमेन्ट बैंक र नबिल बैंकले ८६ रुपैयाँ ३० पैसा, नेपाल एसबीआईले ८६ रुपैयाँ ४५ पैसामा डलर कारोवार गरेका थिए ।
सोमवारको कारोवारसँगै नेपाली मुद्रा डलरसँग पाँच महिना यताकै बलियो अवस्थामा कारोवार भएको छ । पाँच महिना अघि मे १४ तारिखमा प्रतिडलर ८६ रुपैयाँ १० पैसामा कारोवार भएको थियो । त्यसयता बढ्दै गएको डलर झण्डै ९२ रुपैयाँसम्म कारोवार भएको थियो । अमेरीकी सहायता प्याकेजका कारण डलरको भाउ घटनुका साथै भारत सरकारले बैदेशिक लगानी भित्रयाउन खुकुलो नीति ल्याएपछि रुपैंया बलियो भएको हो । सोमवार भारतीय रूपैयाँ चार महिना यताकै बलियो अवस्थामा आएपछि प्रति डलर ५३।८० रुपैंयामा कारोबार भएको छ । भारतीय मुद्रा बलियो भएपछि नेपाली मुद्रा मजबुत हुन गइ डलरको भाउ घटेको छ ।
अमेरिकी केन्द्रीय बैंकले वेरोजगारीको स्तर सामान्य अवस्थामा नआएसम्म सहायता प्याकेज जारी राख्ने निर्णय गरेकाले केही दिनमा नेपाली मुद्रा अझ मजबुत हुने सम्भावना छ ।

Tata
GBIME
Nepal Life