BIZMANDU
www.bizmandu.com

सार्क विकास बैंक बनाउन सावतीको सुझाव, एउटा देशको सर्टिफिकेट अर्कोमा रिकग्निसन दिन माग

२०७१ मंसिर १०

सार्क विकास बैंक बनाउन सावतीको सुझाव, एउटा देशको सर्टिफिकेट अर्कोमा रिकग्निसन दिन माग
सार्क विकास बैंक बनाउन सावतीको सुझाव, एउटा देशको सर्टिफिकेट अर्कोमा रिकग्निसन दिन माग

काठमाडौं। सावतीले अनुसन्धानात्मक प्रतिवेदन सार्वजनिक गरेको छ। दक्षिण एसियाली क्षेत्रमा सहयोगसहितको आर्थिक विकासका लागि सुझावसहित प्रतिवदेन सार्वजनिक गरिएको सावतीले जनाएको छ।

Tata
GBIME
Nepal Life

सावतीले सार्क क्षेत्रको विकासका लागि नौ बुँदे सुझाव दिएको छ। दुई दिनसम्म काठमाडौंमा भएको छलफलका क्रममा विभिन्न थिंकट्यांकको विचारसहित सावतीले प्रतिवेदन सार्वजनिक गरेको हो।

सावतीका कार्यकारी अध्यक्षा डा पोषराज पाण्डेले सार्क सम्मेलनले आर्थिक विकास र लगानी वृद्धिका लागि महत्वपूर्ण वातावरण निर्माण गर्नुपर्ने बताए। उनले यो सार्क सम्मेलनले साफ्टाको कार्यान्वयनमा पनि जोड दिँदै अघि बढ्नुपर्नेमा जोड दिए।

प्रतिवेदनमा सावतीले सार्क क्षेत्रको आर्थिका विकासका लागि नीतिगत सुधार र त्यसको पूर्ण कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव दिएको छ। आर्थिक अजेण्डालाई प्राथमिकता नदिएसम्म यो क्षेत्रको विकासका लागि वातावरण बन्न गारो हुने सुझाव सावतीको छ।

यस्तै सावतीले आर्थिक विकासमा जोड दिनका लागि सार्क विकास बैंकको स्थापना गर्नुपर्नेमा जोड दिएको छ। यसबाट पूर्वाधार निर्माणमा लगानी गर्न सकिने उसको विश्वास छ। यस्तै सार्कको विकासका लागि इन्भेस्टमेन्ट एरिया बनाएर अघि बढ्न सकिने सुझाव उसको छ।

सावतीले सार्क क्षेत्रमा स्वास्थ्य तथा विद्यार्थी भिसाको अवधारणामा पनि जोड दिएको छ। यस्तै सार्क विकास मञ्चमार्फत प्रोजेक्ट अघि बढाउन सकिने विश्वास सावतीको छ। यस्तै सुझावमा एउटा देशबाट प्राप्त गरिएको एकेडेमिक डिग्रीको अर्को देशमा मान्यता दिने विषयमा पनि अघि बढ्न सावतीले सुझाव दिएको छ।