BIZMANDU
www.bizmandu.com

काठमाडौं-दिल्ली आरामदायी बस यात्रा गर्न सकिने, दिल्ली पुग्न तीनहजार छ सय ८० रुपैयाँ तिरे पुग्छ

२०७१ मंसिर ९

काठमाडौं-दिल्ली आरामदायी बस यात्रा गर्न सकिने, दिल्ली पुग्न तीनहजार छ सय ८० रुपैयाँ तिरे पुग्छ
काठमाडौं-दिल्ली आरामदायी बस यात्रा गर्न सकिने, दिल्ली पुग्न तीनहजार छ सय ८० रुपैयाँ तिरे पुग्छ

काठमाडौं। नेपाल र भारतबीच सरकारी स्तरबाटै सार्वजनिक बस सेवा सुरु भएको छ। नेपालको राजधानी काठमाडौं र भारतको राजनधानी नयाँ दिल्ली जोड्ने सीधा बस सेवा सुरु भएको हो।

Tata
GBIME
Nepal Life

यो बस यात्रा ३० घण्टा लामो हुनेछ। बस सेवाको प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शुभारम्भ गरेका छन्।

बस सेवा सुरु भएपछि काठमाडौंबाट भारतको नयाँदिल्ली एउटै बसमा पुग्न सकिनेछ। काठमाडौंबाट दिल्ली पुग्न तीनहजार ६ सय ८० रुपैयाँ तिरे पुग्नेछ।

बसको रुट पनि दुवै देशका सरकारी अधिकारीहरुले नै तयर गरेका हुन्। काठमाडौंबाट दिल्ली जाने बसे काठमाडौंबाट भैरहवा पुग्नेछ भने सुनौली नाका हुँदै भारत पस्नेछ। सुनौलीबाट अघि बढेको बस गोरखपुर, लखनउ हुँदै दिल्ली पुग्नेछ ।

काठमाडौंबाट दिल्ली पुग्दा बसले झण्डै १२ सय ५० किलोमिटर दूरी पार गर्नेछ। यो रुटमा सुरुमा दुई वटा नेपाली गाडी र दुई वटा भारतीय गाडी गुड्नेछन्। दुवै देशका राजधानी जोड्ने सरकारी बसमा फ्री वाइफाइ सुबिधा दिने तयारी भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाइफाइ सुविधा मार्फत बसमै बसेर यात्रुलहरुले विश्वसँग सम्पर्क भइराख्न मिल्ने बताएका छन् ।

बस सञ्चालनपछि भारतमा काम गर्ने नेपाली र नेपाल आउन चाहने भारतीय पर्यटकहरुलाई फाइदा हुने अनुमान गरिएको छ । सार्क शिखर सम्मेलनमा सार्ककका सबै सदस्य राष्ट्रहरुमा स्वतन्त्र यातायात आवागमनका लागि सम्झौता हुँदैछ ।