BIZMANDU
www.bizmandu.com

आइफोनको नयाँ संस्करण कस्तो होला?, खुला आँखाले नै हर्न मिल्ने थ्रीडी स्क्रिनको विकास गर्दै एप्पल

२०७१ मंसिर १०

आइफोनको नयाँ संस्करण कस्तो होला?, खुला आँखाले नै हर्न मिल्ने थ्रीडी स्क्रिनको विकास गर्दै एप्पल
आइफोनको नयाँ संस्करण कस्तो होला?, खुला आँखाले नै हर्न मिल्ने थ्रीडी स्क्रिनको विकास गर्दै एप्पल

काठमाडौं । अब आउने आइफोन कस्तो होला ? नयाँ संस्करणको आइफोनमा कस्तो विशेषताहरु थपिएलान् ? जबजब आइफोनको नयाँ संस्करणका कुराहरु उठ्छन् त्यसपछि उपभोक्ता मनमा यस्तै खालका जिज्ञासा आउँछन् ।

Tata
GBIME
Nepal Life

आइफोन सिक्स र सिक्स एस सार्वजनिक भएपछि अब आइफोन कस्तो संस्करणमा आउँछ भन्ने अड्कलबाजी पनि हुन थालेका छन् ।

त्यसो भए आइफोनको नयाँ संस्करणको लागि एप्पलले के गरिरहेको छ त?

अब आउने आइफोन सिसा रहित थ्रीडी डिस्प्लेको अवधारणामा ल्याइँदै छ । अर्को वर्षको आइफोनको लागि खुला आँखाले नै हर्न मिल्ने थ्रीडी स्क्रिन, थ्रीडी सफ्टवेयर र हार्डवेयर इकोसिस्टमको लागि काम गरिरहेको छ ।

एप्पल कम्पनीले उपभोक्ता माझ ल्याएको यन्त्रहमा पहिलोपटक थ्रीडिको प्रयोग गर्न लागेको छ । अहिलेसम्म एप्पलका कुनै पनि उत्पादनमा थ्रीडीको सुविधा छैन ।

इकोनोमिक टाइम्सका अनुसार नयाँ प्रविधि सहितको आइफोनको नयाँ संस्करणको लागि तयारी भइरहेको छ । इकोनोमिक टाइम्सले अहिलेसम्म एप्पलबारे जेजति समाचार दिएको छ ती सबै सही हुँदै आएको छ । त्यसैले यो खबर पनि सही नै हुन सक्ने विश्वास गरिएको छ ।

म्याक रिउमोर्सका अनुसार एप्पलले छ वर्ष भन्दा पहिले नै सिसा रहित स्टेरियोस्कोपिक थ्रीडि डिस्प्लेको प्याटेन्टको लागि आवेदन दिइकेको थियो।

एप्पलले एप्लाइ गरेको प्याटेन्ट थ्रीडी हाइपर रियालिटी डिस्प्लेको हो। जुन डिस्प्ले अगाडि टाउको हल्लाउँदा होम स्क्रिनको स्वरुप पनि परिवर्तन हुन्छ ।

एप्पलले थ्रीडि प्रविधिसँग सम्बन्धित एक कम्पनी पनि किनेको जनाइएको छ । गत नोभेम्वरमा स्वामित्व लिएको प्राइम सेन्स नामक यो कम्पनीले थ्रीडिको मोसन थाहा पाउने प्रविधि बनाएको थियो।

यो वर्षको सुरुमा अमेजनले फयारफोन लन्च गरेको थियो। जसमा प्रयोगकर्ताको टाउको ट्र्याक गर्ने चारवटा स्टेरियो भिजन क्यामरा रहेको थियो। यो क्यामराले फोनको लक स्क्रिनका लागि थ्रीडि इफेक्ट सृजना गर्न प्रयोग गरिन्छ ।

एजेन्सीको सहयोगमा